सोमवार, आश्विन १९ २०८३Oct 05 2026

Logo
images images

मेलम्चीको नयाँ भाका, अब आउँदो वर्षको बैशाखमा सबै काम सकिने

मेलम्चीको नयाँ भाका, अब आउँदो वर्षको बैशाखमा सबै काम सकिने

  • मिडिया डबली
  • शुक्रवार, कार्तिक १४ २०७७

  • 4.8K
    SHARES

  • मेलम्चीको नयाँ भाका, अब आउँदो वर्षको बैशाखमा सबै काम सकिने

    काठमाडौं- लामो समयदेखि म्याद थपिदै आएको मेलम्ची खानेपानी आयोजना निर्माणको काम सक्नका लागि सरकारले फेरि नयाँ कार्यतालिका बनाएको छ ।

    प्रधानमन्त्री कार्यालयमा ठेकदार र आयोजनाले बुझाएको कार्यतालिकाअनुसार काम भयो भने सन् २०२१ अप्रिल १५ सम्म आयोजनाको काम सकिने छ । अर्थात् आगामी २०७८ वैशाख २ गतेसम्म सबै निमार्ण कार्य सकिनेछ ।

    खानेपानीमन्त्री बिना मगरले गत फागुन १ गते पत्रकार सम्मेलनमार्फत श्वेतपत्र जारी गरेर भनेकी थिइन्, मेलम्चीको पानी २०७७ असार मसान्तसम्म काठमाडौंमा आइपुग्छ ।’

    तर, यो आयोजनालाई पनि कोभिड(१९ को कारण देखाएर पछि धकेलियो । २९ असारमा परीक्षणका लागि सुरुङमा पानी भर्न सुरु गरेको २४ घण्टा नबित्दै अम्बाथानको अडिट टनेलको गेट भत्किएपछि आयोजना अर्को समस्यामा फस्यो । अहिले अडिट टनेलका गेटलाई सुधार गरेर जोड्ने काम हुँदैछ ।

    मेलम्ची आयोजनाको म्याद पटक(पटक थपिनु र यसको निर्माण सकिने भाका पर सर्नु नौलो विषय हैन । यसपटक पनि दशैंसम्म कठमाडौंबासीलाई पानी खुवाउने सरकारको बाचा पुरा भएन ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    सोमवार, आश्विन १९ २०७७११:३१:५९
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend