काठमाडौँ- चिनियाँ पक्षको बदमासीका कारण नेपाली व्यापारी आत्महत्या गर्न बाध्य भएका छन् । केरुङ–रसुवागढी नाकामा १० महिनादेखि चीनले अघोषित नाकाबन्दी गर्दा सीमामा अड्किएको सामानका एक व्यापारीले आत्महत्या गरेका हुन्।
सिन्धुपाल्चोक बाह्रबिसे स्थायी घर भएका ३५ वर्षीय हरेराम पौडेलले काठमाडौंको पेप्सीकोला स्थित निवासमा असोज २७ गते पासो लगाएर आत्महत्या गरेका हुन् ।
प्रहरीका अनुसार उनी अपरान्ह साढे ४ बजे मृत भेटिएका थिए । मृत पौडेलका सात वर्षका छोरा र १० वर्षकी छोरी छन् ।
सात वर्षदेखि चीनबाट नेपाल सामान आपूर्ति गर्ने व्यावसायमा लागेका पौडेललाई चिनियाँ नाकाबन्दीे ज्यानै गुमाउने अवस्थामा पुर्याएको देखिन्छ ।
विश्वव्यापी रूपमा फैलिएको कोभिड–१९ को महामारीसँगै नेपाल–चीन सीमानाका बन्द भएपछि आपुर्ति व्यापारमा थुप्रै नेपाली व्यापारीहरुलाई अर्बाैं मुल्य बराबरको घाटा लागेको छ । यी मध्येकै एक व्यापारी पौडेलले आर्थिक संकट चुलिदा तनाबले आत्महत्या गरेको अनुसन्धानबाट खुल्न आएको छ ।
आर्थिक समस्याका कारण आत्महत्या गरेको खुल्न आएपनि ‘ठ्याक्कै यही कारण हो भन्ने निचोडमा भने पुग्न सकिएको छैन,’ महानगरीय प्रहरी वृत्त नयाँ बानेश्वरका एक प्रहरी अधिकृतले भने, ‘परिवारले समेत आत्महत्याबारे बाहिर नभन्न हामीलाई भनेको छ । मोबाइलको फरेन्सिक परीक्षणपछि थप खुल्नेछ । त्यसको रिपोर्ट आएको छैन ।’ प्रहरीले पौडेलको ऋण भएको तथ्य फेला पारे पनि त्यसको आकार भने पत्तो पाउन सकेको छैन ।
कोभिड–१९ को संक्रमणपछि भने गत पुसदेखि चीनले आफ्ना सबै नाका सिल गरेको थियो। त्यसबेला तातोपानी र केरुङ दुवै नाकामा नेपाली व्यापारीका २ हजार कन्टेनर सामान अड्किएको थियो ।
त्यसोहुँदा नेपाली व्यापारीहरुलाई अर्बाैं मुल्यलको घाटा लागेको थियो । दशैंका लागि सामान ल्याइएका अझैं १ हजार कन्टेनर चिनियाँ नाकामै रहेका छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।