काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले सार्वजनिक गरेको शुक्रबार २०७७ सालको बडादशैंको शुभकामनासहितको विद्युतीय कार्डमा नेपालको नयाँ नक्सा देखिएको छैन् ।
शुभकामना कार्डमा राखिएको निशान छापमा भारतले अतिक्रमण गरेको लिम्पियाधुरा, कालापानी र लिपुलेक क्षेत्र गायब भएपछि सामाजिक सञ्जालमा यसको चौतर्फी टिप्प्णी र ओलोचना भएको छ ।
यसबीच बुधबार राति मात्रै दुई घण्टासम्म भारतीय गुप्तचर संस्था रअका प्रमुख सामन्तकुमार गोयलसँग भेटेका प्रधानमन्त्रीले शुक्रबार जारी गरेको शुभकामना सन्देशमा चुच्चे नक्सा गायब भएपछि मानिसहरुले संशयले हेरिरहेका छन्।
प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले लिम्पियाधुरासहितको नक्सा निशान छापबाट गायब गरिनु सामान्य कुरा नभएको बताएका छन्।
तर ओलीका प्रेस सल्लाहकार सू्र्य थापाले नक्साको आकार अत्यन्तै सानो भएकाले नेपालको पश्चिमी भागको चुच्चो नदेखिएको बताएका छन्।
तर जति सानो आकार भएपनि स्पष्ट देखिनुपर्ने भन्दै सामाजिक सञ्जालभरी यसको आलोचना भइरहेको छ ।

मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।