आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

यस्तो छ आजकाे माैसम, हेर्नुहाेस् ३ दिनकाे पूर्वानुमान

यस्तो छ आजकाे माैसम, हेर्नुहाेस् ३ दिनकाे पूर्वानुमान

  • मिडिया डबली
  • बुधवार, कार्तिक ५ २०७७

  • 4.5K
    SHARES

  • यस्तो छ आजकाे माैसम,  हेर्नुहाेस् ३ दिनकाे पूर्वानुमान

    काठमाडाैं- यस पटककाे मनसुन नेपालबाट बाहिरिइसकेकाे छ । हाल माैसम सामान्य रहिआएकाे छ । पिछल्लाे समय देशका पहाडी क्षेत्रमा मौसम आंशिक बदली छ भने देशका बाँकी स्थानमा सामान्यतया सफा छ। माैसम पूर्वानुमान महाशाखाका अनुसार अहिले नेपालमा उल्लेखनीय मौसमी प्रणाली छैन।

    मौसम पूर्वानुमान महाशाखाले सामान्यतया तीन दिनसम्मको मौसम अनुमान गर्ने गर्छ। महाशाखाले बुधबार बिहान ६ बजे जारी गरेकाे शुक्रबार (फूलपाती) सम्मको मौसम पूर्वानुमान यस्ताे छ-

    कार्तिक ०५ गते (बुधबार)

    दिउँसो : प्रदेश नं १, बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली तथा प्रदेश न २ र कर्णाली प्रदेशमा आंशिक बदली रही अन्य भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। प्रदेश १ र वागमती प्रदेशका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना छ।

    राती : देशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली तथा लुम्बिनी प्रदेशमा आंशिक बदली रही अन्य भूभागमा मौसम सामान्यतया सफा रहनेछ। सुदूरपश्चिम प्रदेशकाे पहाडी भूभागका एक दुई स्थानमा हल्का वर्षाको सम्भावाना छ।

    कार्तिक ०६ गते (बिहीबार)

    दिउँसो : प्रदेश नं १, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली तथा वागमती र लुम्बिनी प्रदेशमा आंशिक बदली रहनेछ। सुदूरपश्चिम प्रदेशकाे पहाडी भूभागका एक दुई स्थानमा हल्का वर्षाको सम्भावाना छ।

    राती : प्रदेश न १, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली तथा प्रदेश न २, वागमती र गण्डकी प्रदेशमा आंशिक बदली रही अन्य भूभागमा मौसम सामान्यतया सफा रहनेछ। प्रदेश न १, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना छ।

    कार्तिक ०७ गते (शुक्रबार)

    दिउँसो : देशभर पहाडी भूभागमा आंशिक बदली रहनेछ भने बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ। प्रदेश न १ का एक दुई स्थानमा हल्का वर्षाको सम्भावाना छ।

    राती : प्रदेश न १ र वागमती प्रदेशमा आंशिकदेखि सामान्य बदली तथा प्रदेश नम्बर २ मा आंशिक बदली रही अन्य भूभागमा मौसम सामान्यतया सफा रहनेछ। प्रदेश नम्बर १ का एक दुई स्थानमा हल्का वर्षाको सम्भावना छ। मौसमविद्का अनुसार आंशिक भनेको आकाशमा थोरै बादल लागेको र धेरै घाम देखिएको अवस्था हो भने सामान्य बदली भनेको धेरैजसो बादल र थोरैजसो घाम लागेको अवस्था हो।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बुधवार, आश्विन ७ २०७७०७:३६:४४

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend