ललितपुर- ललितपुरका सडकमा अब, तपाइले हरियो रंग पोतिएको देख्न सक्नुहुनेछ । तर, केका लागि यो रंग पोतियो भनेर चाहि झुक्किनु होला नि ?
हरियो रंग सडक प्रयोगकर्तालाई साइकल लेनको सम्बन्धमा ध्यानाकर्षण गराउन पोतिएको हो । यसैका लागि ललितपुर महानगगरले प्रत्येक ७५ ७५ मिटरको दूरीका हरियो रङ पोत्न सुरु गरेको हो ।
महानगरले केही समय अघि ललितपुरको कुपण्डोलस्थित बागमती पुलदेखि मंगलबजारसम्मको सडकमा साइकल लेन निर्धारण गरेको थियो । त्यसका लागि सेतो धर्काले र साइकल अंकित चिन्ह दिएको थियो । अहिले भने हरियो रङ पोतेर थप ध्यानाकर्षण गराउन खोजेको हो ।
ललितपुर महानगरपालिकाकी उपमेयर गीता सत्यालले यसरी रङ पोत्ने योजना साइकल लेन बनाउने योजनामै समेटिएको भन्दै यसको कार्यान्वयन गरिएको बताइन् ।
‘साइकल चलाउँदा वातावरण स्वच्छ हुन्छ । हामीले पर्यावरणीय स्वच्छताको लागि साइकल प्रयोग गरौं भन्ने सन्देश दिनको लागि हरियो रङ पोतेका हौं,’ उपमेयर सत्यालले भनिन्, ‘पर्यावरणको संकेत हरियो हुन्छ, त्यसैले यो रङ रोजिएको हो ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।