मुस्ताङ- हुम्लामा सीमा विवाद जारी रहेका बेला आज (शुक्रबार) परराष्ट्रपमन्त्रीसहितको टोली मुस्ताङमा सीमा नीरिक्षणका लागि पुगेको छ ।
जसमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र वाणिज्य मन्त्री लेखराज भट्टसहित वाणिज्य सचिव वैकुण्ठ अर्याल, भौतिक पूर्वाधार तथा यातायात सचिव देवेन्द्र कार्की, भन्सार विभागका महानिर्देशक सुमन दाहाल, संघीय सांसद प्रेम तुलाधर, प्रदेश सांसद इन्द्रविष्ट र महेन्द्र थकाली रहेको टोली सीमा नीरिक्षणक लागि पुगेको हो ।
उक्त टोलीले लोमाङथाङ गाउँपालिका १ स्थित २४ नम्बर सीमा स्तम्भ निरीक्षण गरेका छन् । परराष्ट्र मन्त्रीसहितको टोलीले सीमा निरीक्षणमा जाँदा चीन पक्षले भने आफ्नो कुनै पनि प्रतिनिधि पठाएन ।
सरकारी तहबाट हुने औपचारिक सीमा निरीक्षणका क्रममा दुई मुलुकको प्रतिनिधिहरु सहभागी हुनुपर्ने अन्तर्राष्ट्रिय मापदण्ड रहेको छ । तर।, चीनले नेपालप्रति एक किसिमको अपमान गर्दै आफ्नो प्रतिनीधि नपठाएको अनुमान गरिएको छ ।
चीनले हुम्लामा सीमा मिच्दा पनि कुनै समस्या छैन भन्ने परराष्ट्र मन्त्री ज्ञवाली सीमा निरीक्षणका लागि पुग्दा चीन पक्षबाट कुनै पनि प्रतिनिधिको उपस्थिति नहुनु सिंगो नेपालप्रतिको अपमान एवं परराष्ट्रमन्त्री स्वयमसमेत अपहेलित भएको मान्न सकिन्छ ।
यस विषयमा मन्त्री तथा कुनै सरकारी अधिकारीले आफ्नो आधिकारिक धारणा भने सार्वजनिक गरेको छैन । चीनले नेपालको सार्वभौमसत्ता र आन्तरिक राजनीतिमा यति ठूलो धक्का पुर्याउँदा पनि सरकारी तहबाट कुनै प्रतिक्रिया नहुनु मुलुकका लागि घातक मानिन्छ ।
परराष्ट्र मन्त्री ज्ञवालीले गाउँमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै आफ्नै कार्यकालमा कोरोला नाकामा क्वारेन्टिन र भन्सार चेकपोस्ट स्थापना गर्ने बताए । उक्त टोलीले मुस्ताङमै रहेको युरेनियमको खानीसमेत अनुगमन गरेका थिए ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।