आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

चीनले मिचेको भूमी फिर्ता माग्दै देशमा आन्दोलन चर्कीयो

चीनले मिचेको भूमी फिर्ता माग्दै देशमा आन्दोलन चर्कीयो

  • मिडिया डबली
  • मंगलवार, आश्विन २७ २०७७

  • 17.6K
    SHARES

  • चीनले मिचेको भूमी फिर्ता माग्दै देशमा आन्दोलन चर्कीयो

    कपिलवस्तु- कपिलवस्तु जिल्लामा सरकारविरुद्ध प्रदर्शन सुरु भएको छ । नेपाल विश्वहिन्दू महासंघ जिल्ला कार्य समितीको आयोजनामा  जिल्ला प्रशासन कार्यालय कपिलवस्तु तौलिहवाको कार्यालय अगाडिविरोध प्रदर्शन भएको हो ।

    नेपाली कांग्रेसको निरिक्षण प्रतिवेदनले चीनले मिचेको ठहर गरेको हुम्लाको विषयमा विभिन्न माग र नाराका साथ उनीहरुले विरोध प्रदर्शन गरेका थिए । 

    प्रदर्शनका क्रममा उनीहरुले मिचिएको नेपाली भुमि फिर्ता गर, चिनिया अतिक्रमण बन्द गर, चौतर्फी सिमा सुरक्षा सुनिश्चित गर, चिनियाँ विस्तारवाद मुर्दावाद, हिन्दू धर्म संस्कृति माथी हस्ताक्षेप बन्द गर, कोरोनाको वाहाना बनाई दशैंतिहार रोक्न पाइदैन, मुर्ति बनाइ पूजा अर्चना एवम् बिसर्जन रोक्न पाइदैन, हिन्दु मठ मन्दिर र चाडपर्वले मात्र कोरोना फैलिन्छ सरकार ? जस्ता नारासहितका प्लेकार्डहरु बोकेका थिए ।

    प्रदेश महासचिव निरन्जन यादवको उपस्थिति र उदयभन यादवको अध्यक्षतामा गरिएको उक्त प्रदर्शनमा यदि सरकारले समग्र माग पुरा नगरेमा चरणबद्ध आन्दोलन र प्रदर्शन गर्ने प्रदर्शनकारीहरुले चेतावनी समेत दिएका छन ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बिहिवार, आश्विन ८ २०७७०३:४०:३३
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend