आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

अन्तरप्रदेश चल्ने सवारी साधनको जाँच पास भिएफटिसीबाट

अन्तरप्रदेश चल्ने सवारी साधनको जाँच पास भिएफटिसीबाट

  • मिडिया डबली
  • मंगलवार, आश्विन २७ २०७७

  • 4.7K
    SHARES

  • अन्तरप्रदेश चल्ने सवारी साधनको जाँच पास भिएफटिसीबाट

    काठमाडौं- विगतमा यातायात व्यवस्था कार्यालयबाट हुँदै आएकामा अन्तरप्रदेश चल्ने सवरी साधनको जाँच पास, रुट इजाजतको काम भेहिकल फिटनेस टेस्ट सेन्टर (भिएफटिसी) बाट गरिने भएको छ । 

    कार्यालय हाल प्रदेश सरकारअन्तर्गत छ भने केन्द्र सङ्घीय सरकारअन्तर्गत छ । सरकारले प्रदेश सरकारलाई यातायात व्यवस्था कार्यालय हस्तान्तरण गरेको झण्डै दुई वर्षपछि आफ्नो कार्यक्षेत्रको काम गर्न लागेको हो ।

    संविधानअनुसार प्रदेशभित्र चल्ने सवारी साधन व्यवस्थापनको जिम्मेवारी प्रदेश सरकार र अन्तरप्रदेश चल्ने सवारी व्यवस्थापनको जिम्मेवारी सङ्घीय सरकारको हो । गत भदौबाट नै टेकुस्थित केन्द्रले जाँच पास र रुट इजाजत दिन थालेको केन्द्रका प्रमुख मणिराम भुसालले बताए । 

    उनका अनुसार अन्तरप्रदेश चल्ने यात्रुबाहक र मालबाहक सबै सवारीसाधनको यहीँबाट परीक्षण र अनुमति दिइनेछ । उनले भने, “अझै पनि धेरैलाई जानकारी नभएकाले यातायात कार्यालयमा नै गएको पाइन्छ ।”

    यातायात कार्यालय प्रदेशमा हस्तान्तरण भएपछि अहिले यातायात व्यवस्था विभागअन्तर्गत सवारी परीक्षण केन्द्र मात्रै रहेका छन् । टेकुबाहेक हेटौँडा र बुटवालमा पनि केन्द्र रहेका छन् भने अरु विभिन्न स्थानमा केन्द्र स्थापनाको योजना बनाइएको छ । ती सबै केन्द्रले सवारी साधनको दुरुस्तता परीक्षण गरेर मात्रै जाँच पास गर्नेछ । 

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    मंगलवार, आश्विन ६ २०७७०३:११:३०
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend