काठमाडौं– हुम्लाको नेपाल–चीन सीमामा चीनले २ किलोमिटर भुमी मिचेको निरीक्षणका लागि गएको नेपाली कांग्रेसको टोलीले ठहर गरेको छ । चीनले सीमा मिचेको सार्वजनिक भएसँगै कांग्रेस टोली स्थलगत निरीक्षणमा पुगेको थियो।
सदरमुकाम सिमीकोटबाट ५० कोस टाँढा रहेको नाम्खा गाउँपालिका वडा नम्बर ६ स्थित लोलुङजोङमा चीनले निर्माण गरेको भौतिक संरचना नेपाली भुमीमा रहेको कांग्रेसको अध्ययन प्रतिवेदनले पुष्टि गरेको हो ।
गप्पुदोचादेखि नेपालले निर्माण गरेको झण्डै २ किलोमिटर सडकखण्ड चीनले अतिक्रमण गरेको र लाप्चा भन्ज्याङमा नेपाललाई थाहै नदिइ चीनले ६ महिनाअघि १२ नम्बर सीमा स्तम्भ परिवर्तन गरेको पाइएको छ ।
चीनले दशगजा क्षेत्रमा नियमविपरीत हिल्सा सीमाको ९ (२) स्तम्भको बीच रेखामा तारबार र गेट निर्माण गरेको छ भने, ५ (१) र ५ (२) सीमास्तम्भलाई चीनले तारबार गरेर राखेको प्रतिवेदनमा उल्लेख छ ।
५ देखि १२ सम्म सीमास्तम्भ रहेको सीमा क्षेत्रमा चीनले पुरानो ५ (२)ं सीमास्तम्भलाई उखेलेर एकतर्फी रुपमा नयाँ बनाइएको निरक्षण गर्न गएको टोलीको ठहर छ ।
उक्त क्षेत्रमा पार्टी केन्द्रको निर्देशन अनुसार कर्णाली प्रदेशका संसदीय दलका नेता एवं केन्द्रीय सदस्य जीवनबहादुर शाहीको नेतृत्वमा अनुगमन गरिएको थियो।
त्यसअघि हुम्लाका प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी गिरीको नेतृत्वमा सरकारी टोली स्थलगत निरीक्षणमा गएको थियो। उक्त टोली सीमाबाट फर्किएर वास्तविक प्रतिवदेन नबुझाउँदै सरकारले चीनले सीमा नमिचेको प्रतिक्रिया दिएको थियो।
कांग्रेस जिल्ला सभापतिले चीनले सीमा मिचेको सरकारी टोलीलाई पनि थाहा भएको तर माथिको दबाब आयो भन्दै प्रकृया अघि बढाउन नसकेको बताएका छन् ।
हुम्लाका सहायक प्रमुख जिल्ला अधिकारी दत्तराज हमालले सीमा मिचेको अभिव्यक्ति दिएपछि गृह मन्त्रालयले लिखित स्पष्टीकरण लिएको थियो।
कांग्रेस टोलीले स्थलगत निरीक्षण, पाका स्थानीयको अनुभव संकलन, दुई देशको सन्धि अनुसार अनुमोदन भएको नक्सा, लिमी र हिल्साका स्थानीयसँग छलफल, जिपिएस प्रविधिको अध्ययन गरी सीमा मिचेको तथ्य प्राप्त भएको निष्कर्ष निकालेको छ।
समितिले तीन बुँदे सुझाव पनि दिएको छ। नेपाल सरकारले स्थानीय तहका जनप्रतिनिधीहरू सहित स्थानीयवासीहरूको उपस्थितिमा सीमा विज्ञ, नापी टोली, सुरक्षा निकाय, परराष्ट्रका प्रतिनिधिहरू सम्बन्धित स्थानमा पुगी नक्शा लिई भिडाएर वर्तमानमा देखिएको सीमा विवाद तत्काल टुंगोमा पुर्याई स्थायी समधान गर्नुपर्ने। सीमामा समस्या हुनेदेखिएको हुँदा नेपाली नागरिककको जिउधन सुरक्षा तथा सम्पूर्ण व्यवस्थापनका लागि नेपाल सरकारले आवश्यक कार्य गर्नुपर्ने र आफ्नो भुमिको सुरक्षाका क्याम खडा गर्नुपर्ने सुझावमा कांग्रेसले दिएको छ ।
हेर्नुहोस् प्रतिवेदन:
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।