आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

अब गाउँगाउँमा कोरोना : सार्वजनिक सवारीले पुरै सिटमा यात्रु बोक्न पाउने

अब गाउँगाउँमा कोरोना : सार्वजनिक सवारीले पुरै सिटमा यात्रु बोक्न पाउने

  • मिडिया डबली
  • मंगलवार, आश्विन २७ २०७७

  • 6.9K
    SHARES

  • अब गाउँगाउँमा कोरोना : सार्वजनिक सवारीले पुरै सिटमा यात्रु बोक्न पाउने

     काठमाडौं - सरकारले सार्वजनिक सवारी साधनले सबै सिटमा यात्रु चढाउन पाउने निर्णय गरेको छ। यस अघि एक सिट छोडेर यात्रु चढाउन पाउने निर्णय गरेको सरकारले आफ्नै निर्णय उल्ट्याउँदै सोमबार बसेको मन्त्रिपरिषद बैठकबाट सबै सिटमा यात्रु राख्न पाउने निर्णय गरेको हो।

    यस अघि आधा सिटमा यात्रु र त्यसबापत ५० प्रतिशतसम्म बढि भाढा लिन पाउने व्यवस्था मिलाइएको थियो। सरकारले दिनदिनै सामाजिक दूरी पालना गर्न भनेर भनिरहँदा सार्वजनिक बसमा अब कसरी सामाजिक दूरी कायम गर्ने ? यसबाट कोरोना जोखिम हुँदैन ?

    दसैँ, तिहार जस्ता चाडपर्वको समयमा यात्रुको चाप हुने भएकाले सार्वजनिक यातायातमा पनि सामाजिक सुरक्षाका मापदण्ड अपनाएर पूरा क्षमतामा यात्रु राख्न दिने र भाडा पुरानैै दरमा लिनुपर्ने निर्णय सरकारले गरेको हो।

    ठूला चाडपर्व नजिकिए पनि कोरोना संक्रमण तीब्र गतिमा फैलिँदै गएको कारण हाल सञ्चालनमा रहेका सार्वजनिक सवारी साधनले भनेजति यात्रु पाउन सकेका छैनन्। यात्रु नहुँदा अहिलेसम्म दसैँको लागि अग्रिम टिकट बुकिङ पनि खुलेको छैन।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    मंगलवार, आश्विन ६ २०७७०३:११:३०
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend