हुम्ला – हुम्लामा मिचिएको सीमा क्षेत्रमा अनुगमन गर्न गएका नेपाली कांग्रेसको–टोलीमाथि चिनले आक्रमण गरेको छ ।
नेपाली कांग्रेसका नेता जीवनबहादुर शाही नेतृत्वमा सीमा स्तम्भ अनुगमन गर्न गएको नेपाली टोली त्यहाँबाट फर्किेन क्रममा चिनियाँ सुरक्षाकर्मीले उनीहरुमाथि टियर ग्यास प्रहार गरेको हो ।
गाउँपालिकाका उपाध्यक्ष पेना लामासहितको टोली अनुगमनबाट फर्कने क्रममा चिनियाँ सुरक्षाकर्मीले टियर ग्यास प्रहार गरेका हुन्।
चिनियाँ पक्षले टियर ग्यास प्रहार गरेको अनुगमन टोलीमा रहेका गाउँपालिकाका उपाध्यक्ष पेना लामाले एक सञ्चारमाध्यमलाई बताएका छन् ।
नाम्खा गाउँपालिकासँग जोडिएको चीनसँगको ५, ६, ७ र ८ नम्बर सीमा स्तम्भको अनुगमन गरेर फर्किँदै गर्दा ९ नम्बर सीमास्तम्भ नजिकै उनीहरुमाथि टियर ग्यास प्रहार भएको बताइएको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।