आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

दशैँमा अग्रिम टिकट बुकिङ खुल्छ कि खुल्दैन ?

दशैँमा अग्रिम टिकट बुकिङ खुल्छ कि खुल्दैन ?

  • मिडिया डबली
  • मंगलवार, आश्विन २० २०७७

  • 3.7K
    SHARES

  • दशैँमा अग्रिम टिकट बुकिङ खुल्छ कि खुल्दैन ?

    काठमाडौं- दशैँमा लामो र मध्यम दूरीका यातायातको अग्रिम टिकट बुकिङ खोल्ने या नखोल्ने विषय अन्योलमा परेको छ ।

    काठमाडौंबाट मध्यम र लामो दूरीका सवारी साधनमा आधा संख्यामा पनि यात्रु उपलब्ध नभएको अवस्था हुँदा एक आवश्यक नपर्ने स्थिती देखिएको छ ।

    यातायात व्यवस्था विभागले यात्रुको चापको अवस्थालाई हेर्दा अग्रिम टिकट बुकिङको आवस्यकता नै नपर्ने देखिएको बताएको छ।

    विभागका निर्देशक डा. लोकनाथ भुसालले अग्रिम टिकट बुकिङ खुल्ला गर्ने वा नगर्ने सम्बन्धमा व्यवसायीहरुसँग छलफल गरेर मात्रै निर्णयमा पुगिने बताएका छन्। 

    यस वर्षको दशैंँमा ४/५ लाखको संख्यामा मात्रै यात्रु बाहिरिने देखिएकोले अग्रिम टिकट बुकिङ आवस्यक नपर्ने देखिएको उनले बताए।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड १९ संक्रमणको स्थितिलाई हेरेर आफू जहाँ छौं त्यहिं दशैँ मनाउन अर्थात यात्रा नगर्न आग्रह गरेकाले पनि मानिसहरुको आवागमन कम हुने आकलन आफूहरुको रहेको भुसालले बताए।  

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    मंगलवार, आश्विन ६ २०७७०३:११:३०
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend