काठमाडौं- २२ दिनदेखि अनसनरत डा. गोबिन्द केसीको स्वास्थ्य अवस्था झनै बिग्रिदा समेत सरकारले बेवास्ता गरिहेको छ ।
यसबीच नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सरकारले डा.गोविन्द केसीलाई गोरखाका नन्दप्रसाद अधिकारी जस्तै बनाउन खोजेको आरोप लगाएका छन्।
‘खतमाफहरुलाई एक प्रश्न’ भन्दै सोमबार साँझमा नेता पौडेलले लेखेका छन्, ‘म फेरि सोध्छु, कम्युनिष्ट सरकारसँग के डा. गोविन्द केसीले पनि गोरखाका नन्द प्रसाद कै नियति भोग्नु पर्ने हो ?’
छोरा कृष्णप्रसाद अधिकारीको हत्यारालाई कारबाही गर्न माग गर्दै अनसन बसेका गोरखाका नन्दप्रसाद अधिकारीको अनसनस्थलमै मृत्यु भएको थियो।
नेता पौडेलले यसरी एकपछि अर्को गर्दै सत्याग्राहिलाई मार्दै जानेहरुलाई जनताले के सजाय दिने हो ? भन्ने प्रश्नसमेत गरेका छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।