आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

आज यी ठाउँमा भारी वर्षा सचेत रहनुस्

आज यी ठाउँमा भारी वर्षा सचेत रहनुस्

  • मिडिया डबली
  • सोमवार, आश्विन १९ २०७७

  • 3.5K
    SHARES

  • आज यी ठाउँमा भारी वर्षा सचेत रहनुस्

    काठमाडौं - आज देशका विभिन्न स्थानमा पानी पर्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। मौसम बदली भएर प्रदेश १, प्रदेश २ र बागमती प्रदेशमा सामान्य बदली र बाँकी प्रदेशहरुमा आंशिक बदली रहने महाशाखाले उल्लेख गरेको हो।

    प्रदेश १, प्रदेश २ र बागमती प्रदेशका थोरै स्थानहरूमा र गण्डकी प्रदेशको एक÷दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको मौसमविदले बताएका छन्। सोमबार राति प्रदेश १, प्रदेश २, बागमती प्रदेश र गण्डकी प्रदेशमा सामान्य बदली र बाँकी प्रदेशहमा आंशिक बदली रहनेछ। प्रदेश १ र प्रदेश २ का थोरै स्थानहरूमा र बागमती र गण्डकी प्रदेशका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ।

    अहिले बिहान प्रदेश १, प्रदेश २ र बागमती प्रदेशमा सामान्य बदली रही प्रदेश १ का थोरै स्थानहरुमा हल्का वर्षा भएको छ। गण्डकी प्रदेश, प्रदेश ५, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा आंशिक बदली रहेको छ। हाल बंगालको खाडीको उत्तर–पश्चिम भागमा रहेको न्युन चापीय क्षेत्रको प्रभाव पूर्वी नेपालमा रहेको महाशाखाले जनाएको छ। केही दिन अघि नै बाहिरिनुपर्ने मनसुन नेपालमा अझै सक्रिय भइरहेको छ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बुधवार, आश्विन ७ २०७७०७:३६:४४

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend