काठमाडौं- सिराहाको बिष्णुपुर गाउँपालिका वडा नम्बर १ बिष्णुपुरका २० बर्षीय मुकेश साहले असोज १२ गते एक स्थानीयको घरमा १६ बर्षीया किशोरीको बलात्कार गरेको खुलेको छ ।
बलात्कार गरेको घटना बाहिरआएपछि उनले ५ लाखको कपाली तमसुक बनाएर गाउँमै मिलाउन खाजेको सार्वजनिक भएको छ। बलात्कारको घटना थाहा पाएपछि गाउँमा पञ्चायतीले अभियुक्तलाई उन्मुक्ति दिन आफन्त सिंहेश्वर साह र शत्रुधन साहसँग ५ लाख रुपैयाँको कपाली तमसुक बनाएर जगवीर यादवको जिम्मा लगाएको हो।
प्रहरीका अनुसार सिंहेश्वर र शत्रुधनलाई ऋणी बनाएर तमसुक बनाइएको र उल्लेखित रकम पीडित परिवारलाई दिने सहमति भएको थियो । उक्त घटनाबारे सूचना पाएपछि प्रहरीले पञ्चायती बसेकामध्ये बिष्णुपुर गाउँपालिका–१ का ५२ बर्षीय सिंहेश्वर साह, २२ बर्षीय अरविन्दकुमार साह, ४५ बर्षीय शत्रुधन साह, ४७ बर्षीय राजकुमार साह, ४२ बर्षीय राम उदगार यादव, ६१ बर्षीय जगवीर यादव, ४८ बर्षीय राजकुमार यादव, ३५ बर्षीय रौदी भनिने श्यामसुन्दर यादवलाई पक्राउ गरेको छ ।
घटनाबारे थप अनुसन्धान भइरहेको जनाइएको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।