मंगलवार, आश्विन २० २०८३Oct 06 2026

Logo
images images

वैदेशिक रोजगारीमा पठाउन भोलिदेखि सरकारले गर्ने भयाे यस्ताे

वैदेशिक रोजगारीमा पठाउन भोलिदेखि सरकारले गर्ने भयाे यस्ताे

  • मिडिया डबली
  • आइतवार, आश्विन १८ २०७७

  • 4.4K
    SHARES

  • वैदेशिक रोजगारीमा पठाउन भोलिदेखि सरकारले गर्ने भयाे यस्ताे

    काठमाडौं- कर्मचारीमा कोरोना संक्रमण देखिएसँगै वैदेशिक रोजगार कार्यालय, काठमाडौँबाट बन्द गरिएको श्रम स्वीकृति सोमबारदेखि पुनः शुरु हुने भएको छ।

    प्रवेशाज्ञाको अवधि सकिन लागेका तथा तत्काल गन्तव्य मुलुकमा पुग्न नसकी बेरोजगारी गुम्ने जोखिम भएका सेवाग्राहीको समस्यालाई ध्यानमा राखी सावधानीपूर्वक सीमित सेवा प्रदान गर्न लागिएको विभागले जनाएको छ।

    कार्यालयका एक कर्मचारीमा कोरोना संक्रमण देखिएपछि वैदेशिक रोजगार कार्यालयबाट प्रदान गरिने सम्पूर्ण सेवा गत बुधबारदेखि बन्द गरिएको थियो।

    यसैबीच वैदेशिक रोजगार बोर्ड सचिवालयबाट प्रदान गरिने आर्थिक सहायता अर्को सूचना नभएसम्मका लागि बन्द गरिएको छ। बोर्ड सचिवालयमा कार्यरत कर्मचारीलाई कोभिड–१९ संक्रमण भएको हुँदा सेवाग्राही तथा सेवा प्रदायकको स्वास्थ्य सुरक्षालाई दृष्टिगत गरी अर्को सूचना नभएसम्म सचिवालयबाट प्रदान गरिने आर्थिक सहायतासम्बन्धी सम्पूर्ण सेवा बन्द गरिएको छ।

    सम्बन्धित व्यक्तिले आवश्यक कागजातसहित स्थानीय तहमा निवेदन दिई कागजात रुजुपछि आधिकारिक इमेलबाट बोर्ड सचिवालयको इमेलमा प्राप्त भएमा सचिवालयले कागजात रुजु गरी सम्बन्धित व्यक्तिको बैंक खातामा आर्थिक सहायतावापतको रकम पठाउने बोर्डले जनाएको छ। सचिवालयबाट अत्यावश्यक सेवाअन्तर्गत गरिने शव ढुवानी सञ्चालन गरिएको बोर्डले जनाएको छ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    मंगलवार, आश्विन ६ २०७७०८:३२:४१
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend