काठमााडाैं - मौसमविद्ले कमजोर बन्दै गएको भनेर भनेको मनसुन फेरी सक्रिय भएको छ। जल तथा मौसम पूर्वानुमान शाखाले आगामी तीन दिनको पूर्वानुमान जारी गर्दै मनसुन अझै केही दिन सक्रिय हुने जनाएको छ।
आगामी तीन दिनको मौसम पूर्वानुमान
असोज १७ गते शनिबार
दिउँसो – प्रदेश १, प्रदेश २, बागमती प्रदेश, र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली र बाँकी प्रदेशमा आंशिक बदली रही प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश र प्रदेश ५ का थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा र बाँकी प्रदेशका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना छ।
राती – प्रदेश १, प्रदेश २, बागमती र गण्डकी प्रदेशमा सामान्य बदली रही उक्त प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा तथा बाँकी प्रदेशमा आंशिक बदली रही प्रदेश ५ र कर्णाली प्रदेशका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना छ।
असोज १८ गते आइतबार
दिउँसो– प्रदेश १, प्रदेश २, बागमती प्रदेश र गण्डकी प्रदेशमा सामान्य बदली र बाँकी प्रदेशमा आंशिक बदली रही प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानमा हल्का वर्षाको सम्भावना छ। राती – प्रदेश १, प्रदेश २, बागमती प्रदेश र गण्डकी प्रदेशमा सामान्य बदली र बाँकी प्रदेशमा आंशिक बदली रही प्रदेश १, प्रदेश २, बागमती प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।
असोज १९ गते सोमबार
दिउँसो – प्रदेश १, प्रदेश २, बागमती प्रदेश र गण्डकी प्रदेशमा सामान्य बदली र बाँकी प्रदेशमा आंशिक बदली रही प्रदेश १, प्रदेश २, बागमती प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानमा हल्का वर्षाको सम्भावना छ। राती – प्रदेश १, प्रदेश २, बागमती प्रदेश र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली र बाँकी प्रदेशमा आंशिक बदली रही प्रदेश १, प्रदेश २, बागमती प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानमा हल्का वर्षाको सम्भावना छ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।