आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

नेपालमा अझै एक हप्ता मनसुन रहने, यी ठाउँमा पर्नेछ भारी वर्षा !

नेपालमा अझै एक हप्ता मनसुन रहने, यी ठाउँमा पर्नेछ भारी वर्षा !

  • मिडिया डबली
  • बिहिवार, आश्विन १५ २०७७

  • 3.5K
    SHARES

  • नेपालमा अझै एक हप्ता मनसुन रहने, यी ठाउँमा पर्नेछ भारी वर्षा !

     काठमाडौं - केही दिन खुलेको मौसम फेरी धमिलिन थालेको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार मौसम नेपालबाट बाहिरिन अझै एक हप्ता लाग्ने भएको छ। मनसुन पश्चिमी भूभागबाट बाहिरिनेक्रम सुरु भइसकेको छ । मौसमविद् निराजन सापकोटाका अुनसार पश्चिमी भूभागबाट बाहिरिन सुरु भएको मनसुन पूर्वी भूभागसम्म पुग्न एक हप्ताको समय लाग्ने सोही अवधिमा विभिन्न ठाउँमा पानी पर्नेछ।

    गत वर्ष पनि मनसुन अक्टोबरको पहिलो हप्तामा बाहिरिएको थियो। सामान्यतया नेपालमा सेप्टेम्बर २३ बाट मनसुन निष्कृय बन्दै जाने भएपनि विगत तीन वर्षयता अक्टोबर महिनामा मात्रै निष्कृय हुँदै आएको छ। हाल देशका पहाडी भूभागमा आंशिक बदली रहेको छ ।

    राति प्रदेश नं १, वाग्मती, गण्डकी र प्रदेश ५ मा सामान्य बदली र बाँकी प्रदेशमा आंशिक बदली रही प्रदेश नं १, वाग्मती, गण्डकी, कर्णाली र प्रदेश नं ५ का केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम १८ दशमलव ८ र अधिकतम तापक्रम ३० दशमलव ४ डिग्री सेल्सियस रहेको छ ।

    त्यस्तै आज सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम १२ दशमलव ६ डिग्री र सबैभन्दा धेरै नेपालगञ्जको अधिकतम तापक्रम ३४ दशमलव ७ डिग्री सेल्सियस रहेको छ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बुधवार, आश्विन ७ २०७७०७:३६:४४

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend