आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

त्रिविले सर्वाजनिक गर्याे स्नातककाे परीक्षा मिती, कुन शंकायको कहिले ?

त्रिविले सर्वाजनिक गर्याे स्नातककाे परीक्षा मिती, कुन शंकायको कहिले ?

  • मिडिया डबली
  • बुधवार, आश्विन १४ २०७७

  • 6.8K
    SHARES

  • त्रिविले सर्वाजनिक गर्याे स्नातककाे परीक्षा मिती, कुन शंकायको कहिले ?

    काठमाडौं-  त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले शिक्षा संकायको परीक्षा मिति सार्वजनिक गरेको छ । लकडाउनमा रोकिएको शिक्षा शंकायको परीक्षा मंसिर तेस्रो हप्तादेखि सुरु हुने भएको हो ।

    त्रिवि शिक्षा संकायका सहायक डिन बलराम रायले सेमेस्टर  प्रणालीमा आधारित स्नातक र स्नातकोत्तर तह (नियमति तथा आंशिक) सत्रान्तको परीक्षा सञ्चालन हुने बताएका हुन्। 

    उनका अनुसार स्नातकोत्तर तहको दोस्रो सेमेस्टरको परीक्षा मंसिर तेस्रो हप्ता हुने छ। स्नातकोत्तर तहको चौथो सेमेस्टरको परीक्षा मंसिर चौथो हप्ताबाट हुने छ। त्यस्तै स्नातक तहको आठौँ सेमेस्टरको परीक्षा मंसिर तेस्रो हप्ताबाट सञ्चालन हुने छ।

    ‘स्नातक तह प्रथम र छैटौं सेमेस्टरको परीक्षा पौषको पहिलो हप्ताबाट सञ्चालन गरिने छ,’उनले भने,‘खुल्ला तथा दूर सिकाइअन्तर्गत २ सेमेस्टरको स्नातकोत्तर (विज्ञान शिक्षा) प्रथम सेमेस्टरको परीक्षा भने पौष दोस्रो हप्ताबाट सञ्चालन हुन्छ।’

     खुल्ला तथा दूर सिकाइ अन्तर्गत २ सेमेस्टरको स्नातक(सामाजिक अध्ययन शिक्षा) प्रथम सेमेस्टरको परीक्षा पुस दोस्रो हप्ताबाट सञ्चालन गरिने उनले बताएका छन्। 

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, भाद्र २६ २०७७०४:१८:२४
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend