काठमाडौं- विश्व स्वास्थ्य संगठन एवं विभिन्न संघ संस्थाहरु कोरोना भाइरसको माहामारी लामो समय रहन सक्ने चेतावनी दिँदै आएका छन् । यसकारण अब, मानिसहरुले कोरोनाको माहामारीसँग आफ्नो जिवनलाई सहज पार्दै लैजाउँनु पर्ने स्थिती देखिएको छ ।
यसबीच शिक्षा मन्त्रालयले कोरोनाकालमा वैकल्पिक माध्यमबाट शिक्षा लिनका लागि विद्यार्थी सिकाइ सहजीकरण निर्देशिका २०७७ जारी गरेको छ । मन्त्रालयले प्रविधिको पहुँचमा नरहेकाहरुको लागि समेत व्यवस्था हुने गरि निर्देशिका तयार पारेको छ ।
निर्देशिका अनुसार असोज १ देखि विद्यार्थी भर्ना कार्यक्रम सुरु गरेर स्कूलको कक्षाकोठामा गरिने अध्यापनको विकल्पमा प्रविधिका साधान प्रयोग गरेर पठन पाठनलाई अघि बढाउने तयारी गरिएको छ ।
गत भदौ १९ गते मन्त्रीस्तरीय निर्णयबाट स्वीकृत गरिएको सो निर्देशिकामा प्रविधिको आधारमा विद्यार्थीलाई ५ समूहमा वर्गिकरण गरिएको छ । जसमा सबै किसिमको पहुँचभन्दा बाहिर रहेका विद्यार्थी समूह, रेडियो, एफएम रेडियोमा पहुँच भएको विद्यार्थी समूह, टेलिभिजनमा पहुँच भएको विद्यार्थी समूह, कम्प्युटर भएको तर अनलाइन कनेक्टिभिटी नभएका विद्यार्थी समूह र इन्टरनेट तथा सूचना सञ्चार प्रविधिका साधानमा पहुँच भएका बिद्यार्थीको समूह ।
निर्देशिकामा स्थानीय तह र विद्यालयले आवश्यकताको आधारमा पहुँचा योग्य ढाँचामा सहिजकरणको व्यवस्थापन गर्नुपर्ने उल्लेख छ ।
निर्देशिका अनुसार विद्युतीय सञ्चार प्रविधि माध्यमको पहुँचबाट बाहिर रहेका विद्यार्थीहरुका लागि केन्द्रबाट स्वअध्ययनका सामग्रीको बिद्युतीय प्रति तयार पारी वेससाइटमा राख्ने र त्यसलाई प्रदेश, स्थानीय तहले छपाई गरी विद्यार्थीहरुलाई वितरण गर्ने, विद्यार्थीहरुलाई पाठ्यपुस्तक उपलब्ध गराउने व्यवस्था गरिएको छ ।
त्यस्तै एफएम रेडियोको पहुँचमा भएका विद्यार्थीका लागि पाठ्यपुस्तक उपलब्ध गराउने, केन्द्रले तयार पारेका सामग्रीहरु रेडियोलाई निःशूल्क उपलब्ध गराउने र रेडियोबाट निःशूल्क वा न्यूनतम शूल्कमा प्रशारणको व्यवस्था गर्ने भएको छ ।
टेलिभिजनमा पहुँच भएका विद्यार्थीका लागि पनि पाठ्यपुस्तक उपलब्ध गराउने, केन्द्रले विकास तथा संयोजन गरेका कक्षागत सिकाई सामाग्रीहरु केन्द्रीय टेलिभिजनबाट प्रशारण गर्ने, प्रदेश र स्थानीय तहले टेलिभिजनबाट प्रशारण गरिने कक्षा र पाठबारे समय तालिका सार्वजनिक गर्ने व्यवस्था गरिएको छ ।
इन्टरनेटको पहुँचमा रहेका विद्यार्थीको लागि पाठ्यपुस्तक उपलब्ध गराउने, केन्द्र, प्रदेश र स्थानीय तहले अनलाईन सिकाई सामग्रीहरु तयारी गरी अनलाइन माध्यमबाट उपलब्ध गराउने, केन्द्रले अनलाइनमा प्रशारण गरिएका श्रव्य दृश्य सामग्रीहरु लर्निङ पोर्टल वा युट्युवमा अपलोड गर्ने, पाठ्यक्रम विकास केन्द्रबाट तयार गरिएका र स्वीकृति प्रदान गरिएका विद्यालय तहका सबै कक्षाका पाठ्यक्रम, पाठ्यपुस्तक तथा अन्य पाठ्यसामग्री लगायत अन्य श्रब्य दृश्य सामग्रीहरु साइबर सुरक्षा निर्देशिकाको अधिनमा रही मोबाइल एप्लिकेशन विकास गरी डाउनलोड गर्न सकिने व्यवस्था गर्ने व्यवस्था गरिएको छ ।
घरमा कम्प्युटर भएका तर इन्टरनेटको पहँुच नभएका विद्यार्थीहरुका लागि अनलाइनमा तयार पारिएको सामग्रीको अफलाइन मोडमा सिडी वा पेन ड्राइभ, हार्डडिस्क आदी विद्यालय तथा स्थानीय तहमार्फत विद्यार्थीलाई उपलब्ध गराउने भनिएको छ ।
यस्तो छ निर्देशिका :
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।