आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

यो वर्ष 'काेर्ष चट', शिक्षामन्त्रीले दिए यस्ताे जानकारी

यो वर्ष 'काेर्ष चट', शिक्षामन्त्रीले दिए यस्ताे जानकारी

  • मिडिया डबली
  • शुक्रवार, भाद्र १९ २०७७

  • 6.3K
    SHARES

  • यो वर्ष 'काेर्ष चट', शिक्षामन्त्रीले दिए यस्ताे जानकारी

    काठमाडौं- शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरीराजमणी पोखरेलले कोरोना महामारीका कारण यो वर्षको पाठ्यक्रममा अत्यावश्यक विषयवस्तु  मात्रै राखिने र बाँकी हटाइने बताएका छन् । शुक्रबार राजधानीमा आयोजित कार्यक्रममा  बोल्दै उनले यस्तो बताएका हुन् ।

    उनले शैक्षिक सत्रको साढे चार महिना बितिसकेकाले पाठ्यक्रममा अत्यावश्यक विषयवस्तु मात्रै समेटिने बताएका हुन् । ‘हाललाई अत्यावश्यक विषयवस्तु समेट्ने गरी पाठ्यक्रमको संस्लेषित कार्यढाँचा जारी गरिने छ,’ मन्त्री पोखरेलले भने, ‘यही भाद्र महिनाभित्र हामी संस्लेषित पाठ्यक्रम ९कस्टामाइज्ड पाठ्यक्रम० विद्यालयहरुलाई उपलब्ध गराउने छौं ।’

    शैक्षिक क्यालेन्डर अनुसार १९० दिन वा १०२४ घण्टा पढाइ हुनुपर्दछ । पाठ्यक्रम घटाएपछि भने यो मापदण्ड लागू हुँदैन । अत्यावश्यक कुरा मात्रै राखेर पाठ्यक्रम बनाउन विषयगत टोलीहरूले कार्य प्रारम्भ गरिसकेको पनि उनले जानकारी दिए ।

    मन्त्री पोखरेलले कोरोना महामारीका कारण शिक्षालय खोल्ने स्थिति नभएकाले वैकल्पिक प्रणालीको सिकाइलाई शैक्षिक सत्रका रुपमा मान्यता दिई यस प्रक्रियामा अनिवार्य सहभागिताका लागि शिक्षक, अभिभावक र विद्यार्थीमा आह्वान गरेका छन् ।

    मन्त्री पोखरेलले आज भर्चुअलरुपमा आयोजित पत्रकार सम्मेलनमा बाध्यात्मक स्थितिमा घर नै शिक्षालय भन्ने मान्यताका साथ सबैका लागि वैकल्पिक प्रणालीबाट न्यूनतम् सिकाइको सुनिश्चितताका लागि अभियान सञ्चालन गरिने जानकारी दिए ।

    घरमै बसेर इन्टरनेट, रेडियो, टेलिभिजन, शिक्षकसँग टेलिफोन सम्पर्कका माध्यमबाट र सूचना तथा प्रविधिको पहुँच नभएका शिक्षकले भौतिक दूरी कायम गरी सिकाइ प्रक्रियामा अमूल्य योगदान दिनुपर्ने बताए । उनले आजको मन्त्रिपरिषद्को बैठकमा यसबारे छलफल भएको तथा सूचना र सञ्चारको पहुँच भएका र नभएका विद्यार्थीको सिकाइ निरन्तरताका लागि कार्ययोजना ल्याउन निर्देशन दिएको पनि जानकारी दिए ।

    उनले वैकल्पिक प्रणालीलाई शैक्षिक सत्रको मान्यता दिई पाठ्यक्रम समायोजनका लागि विश्वविद्यालय र सम्बन्धित निकायकाले काम गरिरहेको र स्थानीय तहले सिकाइको अनुुगमन गरी प्रभावकारिता कायम गर्नुुपर्ने उल्लेख गरे । मन्त्री पोखरेलले सबै शिक्षकको अनिवार्य कोरोना बीमा शुरु भएकाले चुनौतीको घडीमा कर्तव्य पालनमा विशेष ध्यान दिन आग्रह गरे ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, भाद्र २७ २०७७१०:१८:१६
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend