आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

यसै वर्ष कक्षा ११ मा नयाँ पाठ्यक्रम, एसईई रिजल्ट ७ दिनमा

यसै वर्ष कक्षा ११ मा नयाँ पाठ्यक्रम, एसईई रिजल्ट ७ दिनमा

  • मिडिया डबली
  • सोमवार, श्रावण १२ २०७७

  • 9.1K
    SHARES

  • यसै वर्ष कक्षा ११ मा नयाँ पाठ्यक्रम, एसईई रिजल्ट ७ दिनमा

    काठमाडौं-  सरकारले यही शैक्षिक सत्रबाट कक्षा ११ मा नयाँ पाठ्यक्रम लागू गर्ने भएको छ। सरकारले नेपालको संविधान, सङ्घीय संरचना र समृद्ध नेपालको परिकल्पनानुकूल ‘विद्यालय शिक्षाको नयाँ पाठ्यक्रम प्रारुप, २०७६’ पारित गरी नयाँ पाठ्यक्रम लागू गर्न लागेको हो। 

    त्यस्तै माध्यमिक शिक्षा परीक्षा कक्षा १० (एसइई) परीक्षाको नतिजा यसै साता प्रकाशन हुने बताइएको छ ।  यसबाहेक कोरोना महामारीका कारण रोकिएका शिक्षालयमा आगामी भदौदेखि भर्ना लिइने समेत सरकारले बताएको छ ।

    कक्षा ११ को नयाँ पाठ्यक्रम लागु गर्नका लागि भने मुद्रित नभएका कारण सरोकारवालाबीच नै अन्यौल छ । तर,पाठ्यक्रम विकास केन्द्रले यसै वर्षदेखि सो पाठ्यक्रम कार्यान्वयनका लागि तयारी पूरा भएको स्पष्ट गरेको छ।      

    समाजवादोन्मुख सामाजिक न्यायमा आधारित समृद्ध राष्ट्र निर्माणका लागि सक्षम नागरिक विकासको दूरदृष्टिसहित पाठ्यघन्टा ९क्रेडिट आवर० को संरचना र व्यावसायिक शिक्षाको धारलाई प्राथमिकता दिई सरकारले २०७६ भदौ २० मा सो प्रारुप पारित गरेको थियो।  शिक्षा, विज्ञान तथा प्रविधिमन्त्रीको अध्यक्षतामा रहेको राष्ट्रिय पाठ्यक्रम विकास तथा मूल्याङ्कन परिषद्को बैठकले पारित गरेको प्रारुपका आधारमा यस सत्रदेखि कार्यान्वयन नयाँ पाठ्यक्रम लागू गर्ने गरी २०७६ माघ २ गते निर्णय भई सोको सार्वजनिक सूचना दिइएको थियो।  

    उच्च शिक्षा तथा विद्यालय सङ्घ(हिसान) र निजी क्षेत्रका केही प्रकाशकले यस वर्षका लागि तयारी अपुग हुने र प्रारुप निर्माणमा आफूहरुको स्वामित्व नदिइएको गुनासो गर्दै आएका छन्। सोही प्रारुपअनुसार हाल कक्षा १ देखि ३ सम्मका पाठ्यक्रम परीक्षणका रुपमा लागू भएका छन्।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, भाद्र २७ २०७७१०:१८:१६
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend