काठमाडौं- चिनियाँ टेक्नोलोजि कम्पनी टियानजिन टेक्नोलोजी लिमिटेडले नेपालमा जग्गा लिएर व्यवसाय गर्ने तयारी गरेको छ ।
कम्पनीले नेपालको पूर्वी भागमा फलको खेती गर्ने योजना बनाइरहेको हो । स्रोतको अनुसार उक्त कम्पनीले झापा जिललाको दमकसँगै रहेको रतुवामई नदी नजिकै ३ हजार हेक्टरमा फलको खेती गर्ने योजनाअनुसार कार्य अगाडि बढाएको छ।
चिनियाँ कम्पनीले यस्तो कार्य अघि बढाउँदा उसले नेपालाई ठुलो घाटा हुने देखिएको छ । कम्पनीले फार्मिंग प्रोजेक्ट विकास गर्ने योजनाअनुरूप त्यहाँको जग्गा छनोट गरेको बताइएको छ ।
यसोहुँदा त्यहाँको अन्य खेती योग्य भुमी नष्ट हुनजोन देखिन्छ । कम्पनीले त्यहाँ फलको खेती गर्यो भने हजारौँ हेक्टर कृषि भूमि नष्ट हुने देखिएको हो ।
किनकी खेतीका लागि कम्पनीले रतुवामई नदी नजिकै रूखहरु रोप्छ र त्यसका लागि मेची नदीको पानी प्रयोग गर्छ ।
जसले गर्दा मेची नदीमा पानीको कमी हुन्छ र किसानले सिँचाइ गर्न नपाउँदा उब्जनीमा ह्रास आउँछ।
स्रोतले दिएको जानकारीअनुसार उक्त कम्पनीलाई ९९ सय वर्षको लागि त्यहाँको जग्गा भाडामा दिन लागिएको छ। यस विषयमा मिडिया डबलीले कृषिमन्त्रालयमा बुझ्न खोज्दा त्यहाँका एक अधिकारीले सरकारी तवरमा यस्तो योजनाको विषयमा कुनै जानकारी नभएको तर, कुनै प्राइभेट कम्पनीले काम गर्न खोजिरहेको हुनसक्ने बताइएको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।