आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

विमानस्थलमा विदेशी लगानीकाे हिमालयनकाे रजाँई, कर्मचारी उत्रिए भयानक आन्दोलनमा

विमानस्थलमा विदेशी लगानीकाे हिमालयनकाे रजाँई, कर्मचारी उत्रिए भयानक आन्दोलनमा

  • मिडिया डबली
  • सोमवार, आश्विन १२ २०७७

  • 5.4K
    SHARES

  • विमानस्थलमा विदेशी लगानीकाे हिमालयनकाे रजाँई, कर्मचारी उत्रिए भयानक आन्दोलनमा

    काठमाडौँ- नेपाल वायुसेवा निगम कर्मचारी संघले विदेशी लगानीको हिमालयन एयरलाइन्सलार्इ मन्त्रीको ठाडो निर्देशनमा सेल्फ ग्राउन्ड ह्यान्डेलिङ सेवाको नाममा एकलौटी रूपमा दिएको प्रति आपत्ति जनाएको छ।

    भदौ ४ गते मन्त्रीले गरेको यो निर्णय तत्काल सच्याउनसमेत संघले माग गरेको छ । संघले मन्त्रीको यो गलत निर्णय राष्ट्र र राष्ट्रिय हित विपरीत रहेको ठहर गर्दै परिस्थितिको आँकलन गरी सो निर्णण तत्काल सच्याउन माग गर्दै चरणको विरोध तथा आन्दोलनका कार्यक्रमको घोषणा गरेको छ।

    स्रोतका अनुसार नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले भने थाई र इन्डियन एयरलाइन्सले पाएको सेल्फ ग्राउन्ड ह्यान्डेलिङको सुविधा हिमालयलाई दिन लागेको हो ।

    यसरी क्यानको मिलेमतोमा भइरहेको अनैतिक निर्णय तत्काल फिर्ता नलिए आफुहरुले कडा कदम चाल्ने चेतावनी समेत संघले दिएको छ ।

    संघले चरणवद्धरुपमा अब, आन्दोलनमा उत्रिने जनाउँदै पहिलो चरणका कार्यक्रमहरु समेत सार्वजनिक गरेको छ । जसअनुसार, १२ गते सोमबारका दिन ठीक दिनको ३ बजे नेवानि केन्द्रीय कार्यालय कान्तिपथमा पत्रकार सम्मेलन तथा आन्दोलनका कार्यक्रम गर्ने निर्णय गरेको छ ।

    त्यस्तै, १३ गते मंगलबारका दिन नेपाल वायुसेवा निगमका सम्पूर्ण कर्मचारीहरूको कालो पट्टी बाधेर कार्यालयको काम गर्ने अर्काे निर्णयको घोषणा गरेको छ ।

    १४ गते बुधबार संचालन समिमि, कार्यकारी अध्यक्ष र नायब महाप्रबन्धकको कार्यकक्ष घेराउ तथा तालाबन्दी र १५ गते बिहीबार विभागीय प्रमुखको कार्यकक्ष घेराउ गर्न कडा निर्णयसमेत संघले गरेको छ ।

    अन्तमा १६ गते शुक्रबार दिनको १२ बजे संघको केन्द्रीय कार्यलयमा आन्दोलनको समिक्षा गर्ने र १८ गते देखि दोस्रो चरणको ठप्प पार्ने कार्यक्रमको घोषणा संघले गरेको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बुधवार, भाद्र ३१ २०७७०६:५३:३०
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend