आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

तत्काल विद्यालय खुल्नेबारे शिक्षामन्त्रीले दिए यस्तो जानकारी

तत्काल विद्यालय खुल्नेबारे शिक्षामन्त्रीले दिए यस्तो जानकारी

  • मिडिया डबली
  • शनिवार, आश्विन १० २०७७

  • 4.7K
    SHARES

  • तत्काल विद्यालय खुल्नेबारे शिक्षामन्त्रीले दिए यस्तो जानकारी

    काठमाडौं- शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले तत्काल विद्यालयहरू नखोल्न आग्रह गरेका छन् । शिक्षा पत्रकार समाजले आज (शनिबार) आयोजना गरेको एक भर्चुअल कार्यक्रममा सम्बोधन गर्दै उनले यसो बताएका हुन् ।

    कोरोना भाइरस (कोभिड– १९) को जोखिम कायमै रहेकाले केही समय विद्यालय खोल्नु घातक हुने, बरू वैकल्पिक सिकाइ प्रणालीलाई नै प्राथमिकता दिनुपर्ने बताएका छन् ।

    ‘वैकल्पिक सिकाइको कार्यान्वयनमा सञ्चारमाध्यमको भूमिका’ विषयक उक्त छलफलमा मन्त्री पोखरेलले कोरोना जोखिम कायम रहेसम्म वैकल्पिक सिकाइलाइ नै पाथमिकता दिनुपर्ने बताए । स्कुलहरूमा सङ्क्रमण देखिएमा नियन्त्रण गर्न कठिन हुने उनले बताएका छन् ।

    मन्त्री पोखरेलले न्यूनतम सिकाइको सुनिश्चितका लागि सरकारले आकस्मिक कार्ययोजना ल्याई यही असोजको पहिलो साताबाट कार्यान्वयन शुरु गरिसकेकाले सबै स्थानीय तहका सम्बन्धित विद्यालयमा शिक्षकहरुलाई अनिवार्य पुग्नका लागि निर्देशन गरिएको जनाए ।

     उनले शिक्षक, अभिभावक र विद्यार्थीको सम्पर्क स्थापितका लागि सामुदायिक विद्यालयमा निःशुल्क र निजी विद्यालयमा सहुलियत रुपमा क्लोज युनिट ग्रुप (सियुजी) मा आबद्ध गराई सञ्चार सहजता बढाइएको बताए ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, भाद्र २६ २०७७०४:१८:२४
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend