गुल्मी- जिल्लाको इश्मा गाउँपालिकाको वडा नम्बर ३ दर्लामचौरमा रहेको सुन्तलादेवी निम्न माध्यमिक विद्यालयमा मनपरी तरिकाले प्रधानाध्यापक नियुक्त गरेपछि एक हप्तादेखि कांग्रेसले ताला लगाएको छ।
गाउँपालिकाले शिक्षा नियमावलीलाई मिचेरगाउँपालिकाअध्यक्ष लक्ष्मण विष्टकी बुहारीलाई नै प्रध्यानाध्यापक बनाएपछि कांग्रेसले विरोध गरेको हो ।
विद्यालयका प्रअनिरबहादुर विष्टले भदौ १४ गते अवकाश पाएसँगै गाउँपालिकाले गाउँपालिका अध्यक्षकी बुहारी शोभा विष्टलाई सीधै प्रध्यानाध्यापक नियुक्त गरेको हो ।
त्यसैको विरोधमा तालाबन्दी गरेको कांग्रेस इश्मा गाउँपालिकाका नेता चन्द्र बहादुर महतले बताएका छन् ।
विद्यालयमा पटक पटक ताला सुन्तलादेवी निमाविमा तीन पटक ताला लागेको छ।
सुरुमा असोज २ गते कांग्रेसले विद्यालयको तालामाथि ताला लगायो। त्यसपछि ३ गते कांग्रेसले लगाएको ताला अभिभावकहरुले तोडेका थिए। त्यसको अर्को दिन ४ गते कांग्रेसले उक्त ताला तोडेर अर्को ताला लगाएको छ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।