आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

सिन्धुलीमा करोडबढीको चेकसहित विधुत प्राधिकरण प्रमुख गुप्ता अख्तियारको फन्दामा

सिन्धुलीमा करोडबढीको चेकसहित विधुत प्राधिकरण प्रमुख गुप्ता अख्तियारको फन्दामा

  • मिडिया डबली
  • शनिवार, श्रावण २४ २०७७

  • 6.0K
    SHARES

  • सिन्धुलीमा करोडबढीको चेकसहित विधुत प्राधिकरण प्रमुख गुप्ता अख्तियारको फन्दामा

    काठमाडाैं- नेपाल विद्युत प्राधिकरणका अधिकारी एक करोड बढीकाे रकम चलखेल गर्न खोज्दा पक्राउ परेका छन् ।

    प्राधिकरणको ढल्केबर ग्रीड शाखा धनुषाका कार्यालय प्रमखु उप—प्रबन्धक रितेश गुप्तालाई अख्तियार दुरुपयोग आयोग अनुसन्धानको टोलीले पक्राउ गरेको हो ।

    उनले  कार्यालय अन्तर्गत सञ्चालित विभिन्न योजनाहरुको भुक्तानी (पार्टी पेमेन्ट) दिन भनेर प्रकृया सकिनुभन्दा पहिले नै चेक काटेर पैंसा झिक्न खोजेका थिए ।

    भुक्तानीका लागि आवश्यक कागजात पुरा नहुँदै उनले यसरी अवैधानिक रुपमा १ करोड २४ लाख ९१ हजारको चेकसहित सिन्धुलीबाट पक्राउमा परेका हुन् ।

    बर्दिवासबाट खटिएको आयोगको टोलिले गुप्तालाई सिन्धुलीको कमलामाई नगरपालिकाबाट नियन्त्रणमा लिएको हो ।

    उनको साथमा रहेका चेक र कागजात सहित उनलाई नियन्त्रणमा ल्याएर थप अनुसन्धान भइरहेको आयोगले जनाएको छ ।

     

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, आश्विन ९ २०७७०७:५९:४०
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend