आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

कम्युनिस्ट सत्तामा समाचार किल गर्न ५० लाखको डिल, मालिकले थाहा पाएपछि भागाभाग

कम्युनिस्ट सत्तामा समाचार किल गर्न ५० लाखको डिल, मालिकले थाहा पाएपछि भागाभाग

  • मिडिया डबली
  • आइतवार, भाद्र ७ २०७७

  • 26.6K
    SHARES

  • कम्युनिस्ट सत्तामा समाचार किल गर्न ५० लाखको डिल, मालिकले थाहा पाएपछि भागाभाग
    फाइल तस्वीर

    काठमाडौं - पूर्वपश्चिम रेलमार्ग ट्रयाकबेड निर्माणको टेण्डरमा भएको अनियमितताको समाचार रोक्न ठूलो चलखेल भएको छ ।

    नाम चलेका ‘टप थ्री’भित्र पर्नेमध्येको एउटा अनलाइनमा आएको र आउने क्रममा रहेका समाचारहरू रोक्न ५० लाखमा डिल भएको रहस्य बाहिर आएको छ । एक ठेकेदारमार्फत यति ठूलो डिल भएको स्रोतको दाबी छ ।

    ती पत्रकारसँग ठेकेदारकाे प्रधानमन्त्री खड्गप्रसाद ओलीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाल र प्रेस सल्लाहकार सूर्य थापाले सेटिङ मिलाइदिएको स्रोतको भनाइ छ ।

    ५० लाखमा डिल गर्ने ती पत्रकार सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) निकट मानिन्छन् । ती पत्रकारले १५ लाख रुपियाँ अग्रिम बैना समेत लिएको स्रोतले जनाको छ ।

    बाँकी ३५ लाख केही समयपछि दिने सहमति भएको थियो । तर, डिल भताभुङ्ग भएकोले ३५ लाख नपाइने भएको छ । बैना स्वरुप ल्याइएको १५ लाख पनि ती पत्रकारले फिर्ता गर्नुपर्ने भएको छ ।

    तर, डिल भएकै केही समयभित्र सो अनलाइनमा रेलमार्ग ट्रयाकबेड टेण्डरमा भएको अनियमितता र भ्रष्टाचारको समाचार जोडदार रुपमा आएपछि डिल भताभुङ्ग भएको हो ।

    त्यस अनलाइनका मालिकले रेलमार्ग ट्रयाकबेडको समाचार रोक्न डिल गरेको जानकारी पाएपछि ती पत्रकारसँग स्पष्टीकरण लिएको उच्च स्रोतले जनाएको छ ।

    ती पत्रकारले अर्थबिटमा समाचार लेख्ने दुई जना पत्रकार र मालिकलाई समेत पैसा दिनुपर्छ भनेर ती ठेकेदारसँग ५० लाखमा डिल गरेको दाबी गरिएको छ ।

    सो अनलाइनमा रेलमार्ग ट्रयाकबेडविरुद्ध भ्रष्टाचार र अनियमितताको निरन्तर समाचार आएपछि ठेकेदारले ती पत्रकार र अनलाइनका मालिकलाई फोन गरेर ‘पैसा खाएर समाचार लेख्ने के हो पारा ?’ भनेर धम्काएका थिए ।

    कुनै जानकारी नै नभएका सो अनलाइनका मालिकलाई ठेकेदारले थर्काएपछि रिसाएका उनले गाली गरेपछि ५० लाख काण्डको रहस्य बाहिरिएको थियो ।

    सो अनलाइनका मालिकले रेलमार्ग ट्रयाकबेडविरुद्ध भएका अनियमितता र भ्रष्टाचारका विषयमा समाचार लेख्न बिटका पत्रकारहरूलाई निर्देशन दिएको स्रोतले जनाएको छ ।

    ५० लाख काण्ड बाहिरिएपछि सो अनलाइनमा काम गर्ने ती पत्रकारले काम गरिरहन्छन् वा छाड्छन् चासोको विषय बनेको छ ।

    रेलमार्गको ट्रयाकबेडको टेण्डरमा नेकपा र नेपाली कांग्रेसका ठेकेदारहरूको मिलोमतो, सेटिङमा अर्बौंको भ्रष्टाचार तथा अनियमितताको समाचार यसअघि बाहिरी सकेका छन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, आश्विन ९ २०७७०७:५९:४०
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend