नेपालगञ्ज - अस्पतालकै कर्मचारी घुसखोरीमा संलग्न भएको पाइएको छ । भेरी अस्पताल नेपालगञ्जका एक जना कर्मचारी घुस लिंदा लिंदै रंगेहात पक्राउ परेका हुन् ।
भेरी अस्पताल नेपालगञ्जका कम्प्युटर अपरेटर अरुणकुमार खनाल १६ लाख १३ हजार ९ सय ७५ रुपैया नगद सहित पक्राउ परेका हुन् ।
सामान किनेको कमिसन लिने क्रममा खनाललाई अख्तियार अनुसन्धान आयोग नेपालगञ्जले पक्राउ गरेको अख्तियार अनुसन्धान आयोग नेपालगञ्जका प्रमुख गणेश गैरेले जानकारी दिएका छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।