काठमाडौं - चीनले हुम्लाको लाप्चामा सीमा मिचेर ११ वटा ठूला व्यवसायीक भवन बनाइरहेको छ। यसबारे गृहमन्त्रालय बेखबर छ। प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी गिरी नेतृत्वको टोली अझै पनि लाप्चा हुँदै हिल्सा पुगेर सदरमुकाम फर्किसकेको छैन। यस बीचमा सीमा मिचेको विषयमा विभिन्न समाचारहरु पनि आए।
गृहमन्त्रलायले हुम्लाका सहायक प्रमुख जिल्ला अधिकारी दत्तराज हमाललाई सूचना बाहिर दिएको भन्दै स्पष्टीकरण नै सोधेको छ। गृहमन्त्रालयले चिनियाँ पक्षले भवन निर्माण गरेको सूचना सञ्चार माध्यममा दिएको भन्दै हमाललाई २४ घण्टे स्पष्टीकरण सोधेको हो। हमाललाई मन्त्रालयमा जानकारी नै नदिई सञ्चार माध्यममा दिएको भनेर उनलाई स्पष्टीकरण सोधिएको बताइएको छ।
‘के कति कारणले तालुक निकालयलाई जानकारी नदिई सञ्चार माध्यममा अभिव्यक्ति दिनु भएको हो सो सम्बन्धमा २४ घण्टाभित्र लिखित स्पष्टीकरण पेस गर्नुहुन आदेश अनुसार अनुरोध छ’ उनलाई पठाइएको स्पष्टीकरण पत्रमा लेखिएको छ। सहायक प्रजिअ हमालले चीनले सीमा मिचेको आशंकाको प्रतिवेदन केन्द्रमा पठाइसकेका थिए।
गृहले जानकारी नभएको भने पनि सहायक प्रमुख जिल्ला अधिकारी हमालले उक्त प्रतिवेदन गृहमा पठाएपछि त्यसबारे समाचार आए र चीनियाँ दूतावास अगाडि प्रदर्शन पनि भए।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।