काठमाडौं- सोलुखुम्बुको स्थानीय सरकारले लुक्लामा उड्ने याात्रु सबैको रिपोर्ट नेगेटिभ हुनुपर्ने निर्णय गरेको छ । खुम्बु पासाङल्हामु गाउँपालिकाले सबै एयरलाइन्स कम्पनीलाई पत्र लेख्दै सबै यात्रुको पीसीआर टेस्ट रिजल्ट चेक जाँच गरी नेगेटिभ आए मात्र उडान अनुमति दिन पत्र लेखेको हो ।
सोमबारबाट आन्तरिक उडान हुँदैछ । यसमा आगामी पर्यटकीय सिजनमा सबैभन्दा व्यस्त हुने सोलुखुम्बुको खुम्बु क्षेत्रस्थित लुक्ला विमानस्थल अपेक्षित बढी व्यस्त हुने विमानस्थल हो ।
कोरोना भाइरसको महामारीकाबीच करीव ६ महिनापछि आन्तरिक उडानहुँदा अहिलेसम्म हवाई उडानमा शर्त राख्ने खुम्बु पहिलो स्थानीय सरकार हो । लुक्लामा तारा, सीता र समिट एयरले उडान गर्छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।