नवलपरासी- नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरमा नारायणी नदीले बगाउँदा बाबुछोरी बेपत्ता भएका छन्।
बेपत्ता हुनेमा मध्यविन्दु नगरपालिका–१५ भिउरानका ४५ वर्षीय भुपाल क्षेत्री र उनका १४ वर्षीया छोरी सुजिता क्षेत्री रहेका छन्।
नारायणी र अरुण खोलाको दोभानमा नदीले बगाएर ल्याएका दाउरा झिक्ने क्रममा सो नदीले बगाउँदा आज बाबुछोरी बेपत्ता भएका जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब निरीक्षक मोहनबहादुर खाँणले जानकारी दिए।
उनका अनुसार क्षेत्रीका श्रीमती सानीलाई समेत नदीले बगाउँदा तत्काल स्थानीयले उद्धार गर्न सफल भएका थिए। बेपत्ता बाबुछोरीको खोजीकार्य जारी रहेको प्रहरीले जनाएको छ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।