काठमाडौं- अब, असोज ५ गतेदेखि पूर्ण सिट क्षमतामा भाडा नबढेर आन्तरिक उडान सञ्चालनमा आउने भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले नागरिक उड्डयन प्राधिकरणलाई असोज ५ देखि नियमित उडान गर्न पत्राचार गरेको हो ।
गत सोमबार बसेको मन्त्रिपरिषद् बैठकले ५० प्रतिशत क्षमतामा मात्रै उडान गर्न दिने गरी आन्तरिक उडान खोल्ने निर्णय गरेको थियो। तर मन्त्रालयले फुल सिट क्षमतामै नियमित रुपमा आन्तरिक उडान गर्न दिने निर्णय गरेको हो ।
प्राधिकरणले पहिलो चरणमा २५ देखि ३० प्रतिशत मात्रै उडान हुने जनाएको छ। त्यस्तै पहिलाको तुलनामा भाडा पनि बढ्ने छैन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।