काठमाडौँ- अर्थमन्त्री डा. युवराज खतिवडाले राजीनामा दिएका छन्। साढे दुई वर्षको कार्यभार सम्हालेका उनले प्रधानमन्त्री केपी शर्मा ओलीलाई राजीनामा बुझाएका हुन्।
दुई वर्षका लागि राष्ट्रिय सभा सदस्यमा मनोनीत भएका खतिवडाको कार्यकाल गत फागुन २० मै सकिएको थियो। तर, संघीय सांसद नभएको व्यक्ति ६ महिना मन्त्री बन्न पाउने संवैधानिक प्रावधान अनुसार फेरि अर्थमन्त्रीमा नियुक्त भएका थिए।
बिहीबार बसेको सत्तासीन दल नेकपाको सचिवालय बैठकले रिक्त रहेको राष्ट्रिसभा सदस्यमा उपाध्यक्ष बामदेव गौतमलाई मनोनीत गर्ने निर्णय गरेपछि खतिवडाको मन्त्री भइरहने चाहना समाप्त भएको थियो।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।