आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images
राजनीतिक बिशेष

डा.खतिवडालाई सांसद र मन्त्री बनाउन विदेशीहरूकाे ठूलाे दवाव, यस्तो छ भित्रि खेल !

डा.खतिवडालाई सांसद र मन्त्री बनाउन विदेशीहरूकाे ठूलाे दवाव, यस्तो छ भित्रि खेल !

  • मिडिया डबली
  • बिहिवार, भाद्र १८ २०७७

  • 5.2K
    SHARES

  • डा.खतिवडालाई सांसद र मन्त्री बनाउन विदेशीहरूकाे ठूलाे दवाव, यस्तो छ भित्रि खेल !

    काठमाडौं-   संविधानविद् डा.भीमार्जुन आचार्यले संसदीय अभ्यासमा असफल भएको व्यक्तिलाई गैह्र संवैधानिक कसरतबाट सांसद बनाउन लागेको भन्दै असन्तुष्टि जनाएका छन् ।

    डा.आचार्यले बिहीबार बिहान ट्वीट गर्दै प्रतिनिधि सभा वा राष्ट्रिय सभामा एक कार्यकालमा एउटै व्यक्ति दुई पटक सांसद सदस्य बन्ने व्यवस्थामा संविधानमा नरहेको बताएका हुन् ।

    ‘संघीय संसद् अर्थात् प्रतिनिधि सभा वा राष्ट्रिय सभाको एक कार्यकालमा एउटै व्यक्ति दुई पटक संसद् (सांसद) सदस्य हुन पाउने व्यवस्था संविधानले कहीँकतै गरेको छैन’, डा.आचार्यले भनेका छन् ।

    ‘यो संसदीय अभ्यास पनि होइन’, उनले भने, ‘कसको स्वार्थमा पटक–पटक असफल भैसकेको व्यक्तिका लागि सरकारले गैह्र संवैधानिक कसरत गर्दैछ ? बुझ्न सकिएन ।’ सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का उपध्यक्ष बामदेव गौतम गृहजिल्ला बर्दियाबाट प्रतिनिधि सभाको निर्वाचनमा नेपाली कांग्रेसका सञ्जयकुमार गौतमसँग पराजित भएका थिए ।

    पराजित भएका गौतमले राष्ट्रिय सभाको मनोनीत सांसद बन्न कसरत गरिरहेका छन् । गौतमलाई राष्ट्रिय सभाको मनोनीत सांसद बन्न संविधानले बाटो छेक्दैन । तर, गौतमलाई मन्त्री बन्न भने संविधान बाधक छ ।

    प्रतिनिधि सभामा पराजित भएको व्यक्ति सो कार्यकालमा मन्त्री बन्न नपाउने व्यवस्था छ । उता, प्रधानमन्त्री केपी ओलीले आफ्ना विश्वासपात्र अर्थमन्त्री डा.युवराज खतिवडालाई निरन्तरता दिन चाहेका छन् ।

    डा.खतिवडाको राष्ट्रिय सभाको सांसद पद ६ महिना अगाडिनै समाप्त भइसकेको छ । छ महिनासम्म मन्त्री बन्न पाउने संवैधानिक व्यवस्थाअनुसार डा.खतिवडा मन्त्री बनेका छन् । डा.खतिवडा भदौ २० गतेसम्म मात्रै मन्त्री बन्न पाउनेछन् ।

    डा.खतिवडालाई पनि राष्ट्रिय सभामा दोहोरिएर सांसद बन्ने व्यवस्था संविधानमा उल्लेख नरहेको संविधानविद् डा.आचार्यको ट्विटले उल्लेख गरेको छ । डा.आचार्यकाअनुसार डा.खतिवडा राष्ट्रिय सभामा दोहोर्याएर सांसद बन्न पाउनेछैनन् ।

    स्रोतका अनुसार विश्व बैंकले डा.खतिवडालाई राष्ट्रिय सभाको सांसदमा पुनः मनोनीत गराएर अर्थमन्त्रीमा निरन्तरता दिन चाहेको छ । विश्व बैंकको डिजाइनमा डा.खतिवडाले नेपालमा काम गर्दै आएको आरोप लाग्दै आएको छ ।

    ‘डा.युवराज खतिवडामार्फत कोरोना महामारीका नाममा मुलुकको अर्थतन्त्र तहस नहस पार्ने’, नेकपाका एक जना स्थायी समिति सदस्यले भने, ‘डा.खतिवडालाई पुनः सांसद बनाएर अर्थमन्त्रीमा निरन्तरता दिने । आफू अनुकूलको निर्णय गराउन विश्व बैंकको गिरोह सक्रिय भएर लागेको छ ।’

    ‘नेपालको अर्थतन्त्र तहस नहस भएपछि विश्व बैंकबाट ऋण ल्याउने’, ती नेताले भने, ‘नेपाललाई विश्व बैंकको कब्जामा लगेर विदेशीहरूको चलखेलको क्रिडास्थल बनाउन डा.युवराज खतिवडालाई प्रयोग गरिँदै छ ।’

    डा.खतिवडाले विगतमा ल्याएका बजेटहरू नेकपाको घोषणापत्र विपरित रहेको तथा विश्व बैंकको निर्देशनमा आएको भनेर पटक–पटक आरोप लागिसकेको छ ।

    नेकपाका नेताहरू डा.खतिवडाको बजेट र अर्थनीतिसँग असन्तुष्ट छन् । ती नेताका अनुसार उपाध्यक्ष गौतमभन्दा डा.खतिवडा देशका लागि सबैभन्दा धेरै हानिकारक रहेको दाबी गरे ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    सोमवार, भाद्र १५ २०७७०२:२४:४५
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend