आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images
राजनीतिक बिशेष

वामदेव गौतम उपप्रधानसहित अर्थमन्त्री !

वामदेव गौतम उपप्रधानसहित अर्थमन्त्री !

  • मिडिया डबली
  • बिहिवार, भाद्र १८ २०७७

  • 18.1K
    SHARES

  • वामदेव गौतम उपप्रधानसहित अर्थमन्त्री  !

    काठमाडौं - सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) उपाध्यक्ष वामदेव गौतम उपप्रधानसहित अर्थमन्त्री बन्‍ने भएका छन् ।

    भदौ २० मा अर्थमन्त्रीरहेका युवराज खतिवडालाई थप गरिएको ६ महिनाको अवधि समाप्त भएसँगै सरकामा वामदेवको इन्ट्री हुने भएको हो । यस विषयमा नेताहरुबीच छलफल भएको जनाइएको छ ।

    सचिवालय बैठक बिहीबार बिहान ११ बजेका लागि बोलाइएको भए पनि दिउँसो ३ बजेका लागि सारिएको छ । सचिवालय बैठकमा वामदेवको बहुमत भएका कारण पनि सचिवालयमार्फत नै राष्ट्रिय सभा सदस्यमा गौतमलाई पठाउने गरी तयारी भएको छ ।

    गौतम आफैंले पनि यसअघि फागुन १४ मा सचिवालयले राष्ट्रिय सभामा गौतमलाई पठाउने निर्णय कार्यान्वयन गराउनुपर्ने अडान राखेका छन् । प्रधानमन्त्री केपी शर्मा ओली भने राष्ट्रपतिका विश्वास पात्रसमेह रहेका युवराज खतिवडालाई नै दोहोर्‍याउने मनस्थितिमा रहेका छन् ।

    राष्ट्रिय सभामा उही र उस्तै प्रक्रियाबाट एकै कार्यकालमा एकै व्यक्तिलाई दोहोर्‍याउन नहुने संवैधानिक प्रावधानले पनि गौतमलाई राष्ट्रिय सभामा जाने बाटो खुला गरेको छ ।

    यसअघि गौतमले प्रधानमन्त्रीलाई राजीनामा दिनबाट जोगाउन ठूलो भूमिका खेलेका थिए । यसकारण पनि प्रधानमन्त्री ओली खतिवडाको पक्षमा जबरजस्त अडान लिने पक्षमा छैनन् ।

    पार्टी अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच राष्ट्रिय सभाको रिक्त पदमा कसलाई मनोनयन गर्ने भन्नेबारेमा अझै सहमति जुट्न सकेको छैन । प्रचण्ड भने वामदेव गौतमकै पक्षमा छन् भने ओली खतिवडाको पक्षमा रहेका छन् ।

    उपाध्यक्ष वामदेव गौतमले राष्ट्रिय सभाको रिक्त पदमा आफूलाई सिफारिस गर्नुपर्नेभन्दै दुबै अध्यक्षलाई दबाब दिएका थिए । नेकपाले गएको १४ फागुनमा राष्ट्रियसभाको रिक्त पदमा गौतमलाई नै लैजाने निर्णय गरेको थियो । सोही निर्णय कार्यान्वयन गर्न गौतमले दबाब बढाएका छन् ।

    माधव नेपाल खेमाले भने राष्ट्रियसभामा वामदेवलाई लैजाने पार्टी निर्णय कार्यान्वयन गर्नुपर्ने अडान राख्दै आएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय सभाको रिक्त पदमा सकेसम्म अर्थमन्त्री डा. युवराज खतिवडाकै निरन्तरताका लागि अरु नेताहरुलाई मनाउन अन्तिम प्रयास गर्ने भएका छन् ।

    ओलीको यस अभिव्यक्तिको चौतर्फी विरोध हुँदै आएको छ । यसअघिको विवाद समाधान हुन नसकेका कारण पनि ओली फेरि अर्को विवाद बल्झाउने मनस्थितिमा छैनन् । यो नै गौतमको सिफारिसको प्लसपोइन्ट बनेको छ ।

    उनी राष्ट्रिय सभामा गएमा उनलाई खतिवडाले सम्हाल्दै आएको अर्थमन्त्रालय र उपप्रधानमन्त्री दिने तयारी भइरहेको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    सोमवार, भाद्र १५ २०७७०२:२४:४५
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend