आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images
राजनीतिक बिशेष

युवराजको नाममा नेकपा ‘सती’ जाने, खुमलटार र भैंसेपाटी तनावमा

युवराजको नाममा नेकपा ‘सती’ जाने, खुमलटार र भैंसेपाटी तनावमा

  • मिडिया डबली
  • बिहिवार, भाद्र १८ २०७७

  • 6.4K
    SHARES

  • युवराजको नाममा नेकपा ‘सती’ जाने, खुमलटार र भैंसेपाटी तनावमा

    काठमाडौं - नेकपा सरकारको आलोचना हुनुमा प्रमुख पात्र डा.युवराज खतिवडा पनि हुन् । तत्कालीन एमालेबाट सधैं लाभको पद पाउँदै आएका युवराज प्रधानमन्त्री ओलीका प्रियपात्र हुन् ।

    नेकपामा अहिले जुन विवाद देखिएको छ, यसमा युवराज नै मुख्य पात्र बनेका छन् । राष्ट्रिय सभा सदस्यमा कसलाई मनोनीत गर्ने भन्ने विषयमा आज नेकपाको सचिवालय बैठक बस्दैछ ।

    बैठकमा ओली र प्रचण्ड पक्षबीच घम्साघम्सी पर्ने बुझिएको छ । वामदेव गौतमलाई राष्ट्रिय सभा सदस्य र मन्त्री पनि बनाउनुपर्ने अडान इतर पक्षको छ । तर, ओली कुनै पनि हालतमा युवराजलाई छाड्ने पक्षमा छैनन् ।

    नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ नेताहरू झलनाथ खनाल, माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम, प्रवक्ता नारायणकाजी श्रेष्ठ, महासचिव विष्णु पौडेल अर्थमन्त्री खतिवडालाई मन पराउँदैनन् ।

    उपाध्यक्ष गौतमलाई अर्थमन्त्री बनाउनुपर्ने उनीहरूको अडान छ । ओलीले गौतमलाई राष्ट्रिय सभा सदस्यभन्दा पनि प्रतिनिधिसभा सदस्य बन्न सुझाव दिएका छन् ।

    त्यसका लागि डोल्पाबाट निर्वाचन लड्न उनले सुझाएका छन् । तर, वामदेवले त्यसलाई अस्वीकार गरेका छन् । यदि ओलीले आफूलाई राष्ट्रिय सभा सदस्य मनोनीत नगरे वामदेव प्रचण्ड क्याम्पमा जाने निश्चित जस्तै छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    सोमवार, भाद्र १५ २०७७०२:२४:४५
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend