काठमाडौं - ११ बजेका लागि मन्त्रिपरिषद्को बैठक डाकिएको छ । आजको मन्त्रिपरिषद् बैठकले राष्ट्रिय सभामा नियुक्तीका लागि नेकपाका उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रपति समक्ष सिफरिस गर्ने स्रोतले बताएको छ ।
यसै मन्त्रिपरिषद् बैठकबाट अर्थ, सञ्चार तथा सूचना प्रविधि मन्त्री युवराज खतिवडा विदाइ हुँदैछन् । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपाको बिहीबार बसेको सचिवालय बैठकले राष्ट्रिय सभामा रिक्त रहेको पदमा वामदेवलाई नियुक्तीका लागि गर्ने निर्णय गरेको थियो ।
यस निर्णयसँगै खतिवडा मन्त्रीबाट हट्नु पर्ने निश्चित भएको हो । स्रोतले दिएको जानकारी अनुसार आफू मन्त्रीबाट हट्ने पक्का भएपछि खतिवडाले मन्त्री क्वाटर छाड्ने तयारी थालिसकेका छन् ।
उनले बिहीबार साँझबाट नै पुल्चोकस्थित मन्त्री क्वाटरबाट धुम्बाराहीस्थित आफ्नो घरमा सामान सार्न थालिसकेका छन् । गत फागुनमा राष्ट्रिय सभाको दुई वर्षे कार्यकाल सकिएपछि प्रधानमन्त्री ओलीले उनलाई पुनः मन्त्रीमा नियुक्त गरेका थिए ।
मन्त्री बनेको ६ महिनाभित्र संसदको सदस्य भइसक्नु पर्ने संवैधानिक व्यवस्था अनुसार खतिवडा मन्त्रीबाट हट्न लागेका हुन् । संविधानको व्यवस्थाअनुसार यस कार्यकालभरि अब खतिवडा मन्त्री बन्न पाउने छैनन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।