काठमाडौं - नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत महामन्त्री पदको मतगणनामा उदयशमशेर राणा दोस्रो स्थानमा उक्लिएका छन्।
यसअघि दोस्रो स्थानमा रहेका अमरसिंह पुनलाई पछि पार्दै राणा दोस्रो स्थानमा पुगेका हुन्। पछिल्लो मतपरिणामअनुसार महामन्त्री खुलातर्फ प्रदीप पौडेलले १ हजार ३ सय ७० मत प्राप्त गर्दै अग्रता कायम राखेका छन्।
खुलातर्फ दुई जना महामन्त्री निर्वाचित हुने व्यवस्था छ। हालसम्मको मतगणनामा उदयशमशेर राणाले ७ सय ८३ मत प्राप्त गरेका छन्। त्यस्तै, अमरसिंह पुन र सुनिल शर्माले समान ५ सय ३९ मत प्राप्त गरेका छन्।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।