काठमाडौं - नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सहमहामन्त्री (खस–आर्य क्लस्टर) को मतगणनामा मनोजमणि आचार्यले अग्रता कायम राखेका छन्।
केन्द्रीय निर्वाचन समितिका अनुसार १ हजार ७०७ मत गणना हुँदा आचार्यले ६२३ मत प्राप्त गरेका छन्। उनका निकटतम प्रतिस्पर्धी जगदीश्वरनरसिंह केसीले ५४५ मत पाएका छन्। आचार्य र केसीबीच ७८ मतको अन्तर रहेको छ।
यसैगरी, सहमहामन्त्रीका अर्का उम्मेदवार दिनेश कोइरालाले ३३१ मत प्राप्त गरेका छन् भने शुभराम बस्नेतले ११४ मत पाएका छन्।
सानेपास्थित कांग्रेस केन्द्रीय कार्यालयमा विभिन्न पदाधिकारी तथा केन्द्रीय सदस्य पदका लागि मतगणना जारी छ। निर्वाचन समितिका अनुसार आज थप छ क्लस्टरको मतगणना भइरहेको छ भने केही क्लस्टरको गणना अघिल्लो दिनदेखि नै जारी छ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।