काठमाडौं - नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत महिला महामन्त्री पदको मतगणनामा डिला संग्रौला र डिनाबीच कडा प्रतिस्पर्धा देखिएको छ। पछिल्लो मतपरिणामअनुसार डिला संग्रौला ३१ मतको अग्रतासहित पहिलो स्थानमा रहेकी छन्। उनले ९८३ मत प्राप्त गर्दा डिनाले ९५२ मत पाएकी छन्।
महिला महामन्त्री पदका लागि तीन उम्मेदवारबीच प्रतिस्पर्धा भइरहेको छ। तेस्रो स्थानमा रहेकी रिता खनालले हालसम्म २५१ मत प्राप्त गरेकी छन्। मतगणना जारी रहेकाले महिला महामन्त्री पदको अन्तिम नतिजालाई चासोका साथ हेरिएको छ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।