मंगलवार, आश्विन २७ २०८३Oct 13 2026

Logo
images images

‘कांग्रेस सबैको साझा संस्था हो, ठूला नेताको मात्र होइन’ : गगन थापा

‘कांग्रेस सबैको साझा संस्था हो, ठूला नेताको मात्र होइन’ : गगन थापा

  • मिडिया डबली
  • मंगलवार, आश्विन २७ २०८३

  • 186
    SHARES

  • ‘कांग्रेस सबैको साझा संस्था हो, ठूला नेताको मात्र होइन’ : गगन थापा

    पोखरा-  नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको परम्परालाई सम्मान गर्दै परिवर्तनको संकल्पसहित अघि बढ्ने बताएका छन्। उनले पार्टीबाट टाढिएका नेता, कार्यकर्ता र परिवारलाई पुनः जोडेर कांग्रेसलाई सबैको साझा संस्था बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्।

    कांग्रेस नेता तथा पूर्वमन्त्री प्रकाशबहादुर गुरुङको १३औँ दिनको पुण्यतिथिमा सोमबार पोखरामा आयोजित शोकसभालाई सम्बोधन गर्दै सभापति थापाले पुस्तौँदेखि कांग्रेससँग जोडिएका परिवार र व्यक्तिको योगदानको सम्मान गर्नुपर्ने बताएका हुन्।

    नेपाली कांग्रेस अन्नपूर्ण गाउँपालिका, कास्कीले आयोजना गरेको कार्यक्रममा उनले कांग्रेससँगको पुस्तौँदेखिको सम्बन्ध सामान्य राजनीतिक आबद्धता मात्र नभई सभ्यता र इतिहाससँग जोडिएको विषय भएको बताए।

    ‘बाजे कांग्रेस, बुवा कांग्रेस अनि म कांग्रेस भएँ भन्ने कुरा हल्का विषय होइन। यो हाम्रो सभ्यता जोडिएको विषय हो,’ उनले भने, ‘हामी परम्पराको सम्मान गर्छौं, परिवर्तनको संकल्प गर्छौं।’

    थापाले कांग्रेस छाडेर टाढिएका धेरै व्यक्ति पार्टी आफूले अपेक्षा गरेअनुसार अघि नबढेका कारण निराश भएको उल्लेख गरे। उनीहरूलाई दोष दिनुभन्दा पार्टीले आफ्नो कमजोरी स्वीकार गरेर पुनः जोड्ने प्रयास गर्नुपर्ने उनको भनाइ थियो।

    ‘उहाँहरूले कांग्रेस छोडेको होइन, कांग्रेसले उहाँहरूलाई छाडेको हो,’ थापाले भने।

    उनले कांग्रेस ठूला नेता र सीमित व्यक्तिको मात्र पार्टी नभएको स्पष्ट पार्दै गाउँगाउँमा बसेर योगदान दिएका नेता, कार्यकर्ता तथा परिवार सबैको साझा संस्था भएको बताए। पार्टीसँग जोडिएका पुराना कथा, इतिहास, परिवार र व्यक्तिलाई खोजेर पुनः एउटै ठाउँमा जोड्नुपर्नेमा उनले जोड दिए।

    सबैको योगदान र अस्तित्वको सम्मान गर्न सके मात्रै पार्टी बलियो बन्ने र त्यसको सकारात्मक प्रभाव समाज तथा देशको विकासमा पर्ने थापाको भनाइ थियो।

    सभापतिमा निर्वाचित भएपछि पहिलोपटक पोखरा पुगेका थापा शोकसभामा सहभागी भएर सोमबार नै काठमाडौँ फर्किएका छन्। पोखरा आउनुअघि नै उनले शोकसभाको मर्यादा कायम राख्न विमानस्थलमा स्वागतका लागि नआउन तथा खादा र फूलमाला प्रयोग नगर्न शुभेच्छुक र कार्यकर्तालाई आग्रह गरेका थिए।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, श्रावण १० २०७७०७:३९:३१
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend