मंगलवार, आश्विन २७ २०८३Oct 13 2026

Logo
images images

‘सत्य ढिलो होला, तर पराजित हुँदैन’ : विनिता खड्का

‘सत्य ढिलो होला, तर पराजित हुँदैन’ : विनिता खड्का

  • मिडिया डबली
  • मंगलवार, आश्विन २७ २०८३

  • 237
    SHARES

  • ‘सत्य ढिलो होला, तर पराजित हुँदैन’ : विनिता खड्का

    काठमाडौँ-  नेपाली कांग्रेसकी केन्द्रीय सदस्य पदकी उम्मेदवार विनिता खड्काले आफूलाई साथ र समर्थन दिने सबैप्रति आभार व्यक्त गर्दै सत्यको अन्ततः जित हुने बताएकी छन्। प्रहरी पक्राउमा परेपछि अदालतको आदेशसँगै प्रतिक्रिया दिँदै उनले आफूविरुद्ध लगाइएका आरोप निराधार ठहर भएको दाबी गरेकी हुन्।

    नेपाली कांग्रेसको १५औँ महाधिवेशन चलिरहेका बेला केन्द्रीय सदस्य पदकी उम्मेदवार रहेकी खड्काले सामाजिक सञ्जालमार्फत राजनीति र जीवनमा कहिलेकाहीँ नसोचेका परीक्षा सामना गर्नुपर्ने बताएकी छन्।

    ‘राजनीति र जीवनमा कहिलेकाहीँ नसोचेका परीक्षाहरू आउँदा रहेछन्,’ उनले लेखेकी छन्। आफूले नगरेको कसुरमा प्रश्न उठ्दा मन दुखेको उल्लेख गर्दै उनले आफ्नो निष्ठा, प्रिय साथीहरूको विश्वास र देशको न्याय प्रणालीमाथि पूर्ण भरोसा रहेको बताएकी छन्।

    उनले लेखेकी छन्, ‘सम्मानित अदालतले ममाथि लगाइएका कुनै प्रमाणबिनाका यस्ता आरोपहरू निराधार ठहर गरेको छ। सत्य अलिक ढिलो होला, तर पराजित हुँदैन भन्ने पुनः पुष्टि भएको छ।’

    खड्काले अप्ठ्यारो समयमा साथ दिने अभिभावक, नेता, साथी तथा न्यायप्रेमीहरूप्रति धन्यवाद व्यक्त गरेकी छन्। आलोचना गर्नेहरूप्रति पनि कुनै गुनासो नरहेको बताउँदै उनले उनीहरूका प्रश्नले आफूलाई अझ परिपक्व र जिम्मेवार बन्न प्रेरित गरेको उल्लेख गरेकी छन्। उनले आगामी दिनमा अझ बढी निष्ठाका साथ सेवामा समर्पित रहने प्रतिबद्धतासमेत व्यक्त गरेकी छन्।

    के आरोप लागेको थियो?

    जीटूजी प्रक्रियामार्फत इजरायलमा केयरगिभरका रूपमा पठाइदिने प्रलोभन देखाएर साढे दुई करोड रुपैयाँभन्दा बढी ठगी गरेको आरोपमा रामेछापकी खड्का असोज २३ गते पक्राउ परेकी थिइन्।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    मंगलवार, आश्विन २७ २०८३१०:३६:१९
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend