काठमाडौँ- नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत आदिवासी जनजातितर्फको सहमहामन्त्री पदमा बहादुरसिंह लामा तामाङ विजयी भएका छन्।
निर्वाचन परिणामअनुसार लामाले ३ हजार २४५ मत प्राप्त गर्दै प्रतिस्पर्धीहरूलाई पछि पारेका हुन्।
उनका निकटतम प्रतिस्पर्धी ओमबहादुर घर्तीमगरले १ हजार ४४६ मत प्राप्त गरेका छन्। त्यस्तै, तारामान गुरुङले ८६३, दिलमान पाख्रिनले ६२२ र प्रशान्त मानसिंह मास्केले २४६ मत प्राप्त गरेका छन्।
यससँगै कांग्रेसको नयाँ केन्द्रीय कार्यसमिति चयन प्रक्रियाअन्तर्गत आदिवासी जनजातितर्फको सहमहामन्त्री पदको नतिजा सार्वजनिक भएको छ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।