बाँके- बाँकेमा झारफुक गरिदिन्छु भनेर राति आफ्नो कुटी (मजार)मा बोलाएर दुई महिलामाथि बलात्कार गरेको आरोप प्रहरीले
बाँकेको डुडुवा गाउँपालिका–५ कम्मरसा मुस्लिम मजारका ४० वर्षीय पुजारी नजिर महमदले झारफुकको बहानामा मजारमा बोलाई बलात्कार गरेको आधारमा उजुरी परेपछि पुजारीलाई पक्राउ गरेको हो ।
मौलानाले स्थानीय २८ र ३० वर्षीया दुई महिलालाई झारफुक गर्ने बहानामा बुधबार मजारमा बोलाई जबरजस्ती करणी गरेको ति महिलाले उजुरी दिएका छन् । घटना भदौ १० गते (बुधबार) राति १२ बजेतिर भएको प्रहरीले जनाएको छ ।
उजुरी भदौ ११ गते आएको जानकारी दिंदै बाँके जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी सुवास खड्काले मौलानालाई सोही दिन पक्राउ गरि अनुसन्धान भैरहेको जानकारी गराउनुभएको छ । मौलानाविरुद्ध बलात्कार मुद्दा दर्ता गरेर घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।