काठमाडौं– नेपालमा कोरोना संक्रमणका कारण थप एक जनाको मृत्यु भएको छ। बाँके स्वास्थ्य कार्यालयका अनुसार नेपालगन्ज उपमहानगरपालिका–१ का ३७ वर्षीय कोरोना संक्रमित पुरुषको गएराति मृत्यु भएको हो।
नेपालगन्ज मेडिकल कलेजमा भर्ना गरिएका ती पुरुषको दुवै फोक्सोमा निमोनिया देखिएको थियो। स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि उनलाई भेन्टिलेटरमा राखिएको थियो।
यस्तै लमजुङमा नेपाली सेनाका १७ जनालाई कोरोना संक्रमण भएको छ। श्रीजंग दलमा कार्यरत २९ वर्षीय जवानलाई संक्रमण पुष्टि भएपछि गरिएको कन्ट्याक्ट ट्रेसिङ गरेसँगै थप १७ जनामा संक्रमण देखिएको हो।
लमजुङमै संक्रमण देखिएका अर्का व्यक्ति त्यहाँको ग्लोबल आईएमई बैंकका सुरक्षा गार्ड भएको गण्डकी स्वास्थ्य विज्ञान प्रतिष्ठानले बुधबार सार्वजनिक गरेको विज्ञप्तिमा जनाइएको छ।
बेँसीसहर वडा नम्बर ८ का अन्य २ जनामा पनि संक्रमण देखिएको छ। गण्डकीमा संक्रमितको संख्या १९३६ र निको हुनेहरुको संख्या १६४३ पुगेको छ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।