बुधवार, आश्विन २१ २०८३Oct 07 2026

Logo
images images

नेपालमा कोरोनाबाट मृत्य हुनेको संख्या तिव्रगतीमा बढ्दै, एक महिनामै ११४ को मृत्यु

नेपालमा कोरोनाबाट मृत्य हुनेको संख्या तिव्रगतीमा बढ्दै, एक महिनामै ११४ को मृत्यु

  • मिडिया डबली
  • मंगलवार, भाद्र ९ २०७७

  • 4.5K
    SHARES

  • नेपालमा कोरोनाबाट मृत्य हुनेको संख्या तिव्रगतीमा बढ्दै, एक महिनामै ११४ को मृत्यु

    काठमाडौं– नेपालमा कोरोना भाइरस संक्रमण पुष्टि भएकाहरूको मृत्यु हुने दर ह्वात्तै बढेको छ। गत ८ साउनसम्म ४३ जनाको मृत्यु भएकामा सोमबारसम्म मृत्यु हुनेको संख्या १ सय ५७ पुगेको छ।

    एक महिनामै १ सय १४ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको खबर आजको राजधानी दैनिकले लेखेको छ।  गत ८ जेठसम्म तीन जनाको कोरोना संक्रमणबाट मृत्यु भएकामा ८ असारमा बढेर २२ पुगेको थियो। पछिल्ला आठ दिनमा थप ५० संक्रमितको मृत्यु भएको छ । केही दिनयता लक्षणसहितका संक्रमित थपिन थालेपछि मृतकको संख्या पनि दिन प्रतिदिन बढ्दै गएको हो।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत सोमबार ३, मंगलबार ७, बुधबार ६, बिहीबार ६, शुक्रबार ११, शनिबार ११, आइतबार ३ र सोमबार ८ जना संक्रमितको मृत्यु भएको छ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, जेठ ३ २०७७०७:०८:०६
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend