बुधवार, आश्विन २१ २०८३Oct 07 2026

Logo
images images

कोरोनाका कारण भेन्टिलेटरमा उपचाररत महिलाको मृत्यु, अवस्था भयावह! 

कोरोनाका कारण भेन्टिलेटरमा उपचाररत महिलाको मृत्यु, अवस्था भयावह! 

  • मिडिया डबली
  • आइतवार, भाद्र ७ २०७७

  • 7.2K
    SHARES

  • कोरोनाका कारण भेन्टिलेटरमा उपचाररत महिलाको मृत्यु, अवस्था भयावह! 

    काठमाडौं– पर्साको वीरगञ्ज महानगरपालिका—११ श्रीपुरकी ५६ वर्षीया महिलाको कोरोनाबाट मृत्यु भएको छ।

    वीरगञ्जस्थित वीरगन्ज हेल्थ केयर अस्थायी कोरोना अस्पतालमा उपचाररत उनको शनिबार बेलुका साढे ७ बजे मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ। उनी  गत साउन २४ गतेदेखि उपचाररत थिइन्।

    जिल्ला स्वास्थ्य कार्यालयका अनुसार उनको साउन २२ गते स्वाब संकलन गरिएको थियो। साउन २४ गते आएको कोरोना परीक्षण रिपोर्टमा पोजिटिभ देखिएको थियो। त्यसपछि अस्थायी कोरोना अस्पताल भर्ना भएकी थिइन्।

    उनलाई कोरोनाका लक्षण देखिएका थिए। ज्वरो आउनका साथै खोकी लाग्ने गरेको थियो। त्यस्तै, थाइरोइड र श्वासप्रश्वासमा समस्या भएपछि आईसीयूमा भर्ना गरिएको थियो।

    उनको स्वास्थ्य बिग्रिदै गएपछि शनिबार बिहानै भेन्टिलेटरमा राखिएको थियो। भेन्टिलेटरमा उपचार चलिरहेकै वेला शनिबार बेलुका मृत्यु भएको स्वास्थ्य कार्यालयले जनाएको छ।

    योसँगै पर्सामा कोरोनाबाट मृत्यु हुनेको संख्या २९ पुगेको छ। त्यस्तै, देशभर कोरोनाबाट मृत्यु हुनेको संख्या एक सय ४८ पुगेको छ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, जेठ ३ २०७७०७:०८:०६
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend