काठमाडौं– नेपालमा कोरोनाभाइरसको संक्रमणबाट थप तीन जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा वीरगन्जका २ जना र चितवनका एक जना रहेका छन् ।
वीरगन्जमा कोरोनाबाट मृत्यु हुनेमा पर्साको बहुदरमाइ नगरपालिकाको डकैला बहुअरीका ६१ वर्षीय पुरुष रहेका छन् । उनको शनिवार बिहान वीरगन्ज हेल्थकेयर अस्थायी कोभिड अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । मुटु , दम र उच्च रक्तचापका बिरामी समेत रहेका उनमा भदौ ४ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।
त्यस्तै वीरगन्ज हेल्थकेयर अस्थायी कोभिड अस्पतालमा वीरगन्ज महानगरपालिका– २६ सुगौली गाँउका ५८ वर्षीय पुरुषको कोरोनाबाट मृत्यु भएको छ । मृगौला र मधुमेहका बिरामी रहेका उनको शुक्रबार राति कोरोना संक्रमणबाट मृत्यु भएको हो ।
त्यस्तै चितवनमा पनि एक जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । मृत्यु हुनेमा हेटौंडाका ७५ वर्षीय एक वृद्ध रहेका छन् । उनको भरतपुरको पुरानो मेडिकल कलेजमा उपचारको क्रममा विहीबार राति मृत्यु भएको थियो ।
उनको मृत्युपछि भरतपुर कोभिड ल्यावमा गरिएको भेरिफिकेसन परीक्षणमा शुक्रबार राति रिपोर्ट पोजेटिभ आएको अस्पतालले जनाएको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।