चितवन–चितवनमा थप ३० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । चितवन जिल्लाका २० र अन्य विभिन्न जिल्लाबाट उपचारका लागि चितवन आएका १० जना गरी ३० जनामा कोरोना संक्रमण देखिएको हो ।
भरतपुर अस्पतालको कोभिड–१९ परीक्षण प्रयोगशालामा मंगलबार राति गरिएको परीक्षणमा चितवनको भरतपुर महानगरपालिकाका १२ जना, खैरहनीका ५ जना, राप्ती नगरपालिकाका २ जना र रत्ननगरका १ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
यस्तै, नवलपुरका ५, महोत्तरी, बाँके, तनहुँ, मकवानपुर र बाराबाट उपचारका लागि आएका एक–एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।